कोलकाताविरुद्ध पञ्जाब १११ रनमै अलआउट, म्याक्सवेल फेरि चल्न सकेनन्

काठमाडौं ।  इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत  मङ्गलबार भएको खेलमा कोलकाता नाइट राइडर्सले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै पञ्जाब किंग्सलाई ११२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। महाराजा यादवविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको पञ्जाब किंग्स १५.३ ओभरमा १११ रनमै अलआउट भयो। पञ्जाबका लागि प्रभसिमरन सिंहले सर्वाधिक ३२ रन बनाए भने प्रियांश […]

Apr 15, 2025 - 16:58
 0
कोलकाताविरुद्ध पञ्जाब १११ रनमै अलआउट, म्याक्सवेल फेरि चल्न सकेनन्

काठमाडौं ।  इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत  मङ्गलबार भएको खेलमा कोलकाता नाइट राइडर्सले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै पञ्जाब किंग्सलाई ११२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। महाराजा यादवविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको पञ्जाब किंग्स १५.३ ओभरमा १११ रनमै अलआउट भयो।

पञ्जाबका लागि प्रभसिमरन सिंहले सर्वाधिक ३२ रन बनाए भने प्रियांश आर्यले २२ रनको योगदान दिए। सशंक सिंहले १८, जेभियर बार्टलेटले ११ र नेहाल वधेराले १० रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

पञ्जाबका स्टार अस्ट्रेलियन अलराउन्डर ग्लेन म्याक्सवेलको खराब लय जारी रह्यो। उनले कोलकाताविरुद्ध १० बलमा मात्र ७ रन बनाए। जारी सिजनमा म्याक्सवेलले अहिलेसम्म कुनै अर्धशतकीय पारी खेल्न सकेका छैनन्।

कोलकाता नाइट राइडर्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। हर्षित रानाले सर्वाधिक ३ विकेट लिए भने वरुण चक्रवर्ती र सुनिल नारायणले २-२ विकेट हात पारे। एनरिक नोर्टजे र वैभव अरोराले १-१ विकेट लिए।

जारी सिजनमा कोलकाताले ६ खेलमा ३ जित र ३ हार बेहोर्दै तालिकाको पाँचौं स्थानमा छ। समान खेल खेलेको पञ्जाब ३ जित र २ हारसहित छैटौं स्थानमा छ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register