ब्राउनसुगर र गाँजासहित ६ जना पक्राउ

झापा, ३ बैशाख । मोरङ र सुनसरीको विभिन्न स्थानबाट लागुऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत २ गते विराटनगर महानगरपालिका–१५ स्थितबाट लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले सुनसरी धरान उपमहानगरपालिका(१७ का ४० वर्षीय राज श्रेष्ठलाई १ ग्राम ७ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । त्यसैगरी, सुनसरी बराहक्षेत्र नगरपालिका–७ स्थितबाट अस्थायी प्रहरी चौकी [...] The post ब्राउनसुगर र गाँजासहित ६ जना पक्राउ appeared first on Jhapa Online.

Apr 16, 2025 - 08:44
 0
ब्राउनसुगर र गाँजासहित ६ जना पक्राउ

झापा, ३ बैशाख । मोरङ र सुनसरीको विभिन्न स्थानबाट लागुऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चैत २ गते विराटनगर महानगरपालिका–१५ स्थितबाट लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले सुनसरी धरान उपमहानगरपालिका(१७ का ४० वर्षीय राज श्रेष्ठलाई १ ग्राम ७ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

त्यसैगरी, सुनसरी बराहक्षेत्र नगरपालिका–७ स्थितबाट अस्थायी प्रहरी चौकी बाङ्गे सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३० वर्षीय विकास भण्डारी र २३ वर्षीय सुशील शेर्पालेलाई १०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ भने सुनसरी धरान उपमहानगरपालिका–१३ स्थितमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटीएको प्रहरी टोलिले भेडेटारबाट धरानतर्फ आउदै गरेको को २ ह ४७३९ नम्बरको अटो चेकजाँचको क्रममा अटो चालक धरान–४ का ४८ बर्षीय जोकबहादुर राई, उनको छोरा ३० वर्षीय सुमन राई र सोही अटोमा सवार धनकुटा साँगुरीगढी–३ का ३६ वर्षीय सुरज लिम्बूलाई १९ किलो गाँजासहित नियन्त्रणमा लिएको छ ।

The post ब्राउनसुगर र गाँजासहित ६ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register