जिरीको शिरमा रङ्गीबिरङ्गी गुराँस ढकमक्क, जाने होइन त हेर्न ? (तस्वीरहरू)

जिरी । दोलखाको रमणीय उपत्यका जिरीको शिरमा छ, गुराँसपार्क । दुई हजार ७०० मिटरको उचाइमा रहेको यस पार्कमा रङ्गीबिरङ्गी गुराँस ढकमक्क फूलेका छन् । वनक्षेत्रको मध्यभागमा रहेको पार्कमा कृत्रिम पोखरीसहित पिकनिकका लागि पूर्वाधार निर्माण गरिएको छ । यहाँ पिकनिक, हाइकिङ, क्याम्पिङ तथा गुराँस अवलोकनका लागि आन्तरिक पर्यटक आउन थालेका छन् । यही रमणीय गुराँसपार्कको प्रवद्र्धन […]

Apr 16, 2025 - 08:40
 0
जिरीको शिरमा रङ्गीबिरङ्गी गुराँस ढकमक्क, जाने होइन त हेर्न ? (तस्वीरहरू)

जिरी । दोलखाको रमणीय उपत्यका जिरीको शिरमा छ, गुराँसपार्क । दुई हजार ७०० मिटरको उचाइमा रहेको यस पार्कमा रङ्गीबिरङ्गी गुराँस ढकमक्क फूलेका छन् । वनक्षेत्रको मध्यभागमा रहेको पार्कमा कृत्रिम पोखरीसहित पिकनिकका लागि पूर्वाधार निर्माण गरिएको छ । यहाँ पिकनिक, हाइकिङ, क्याम्पिङ तथा गुराँस अवलोकनका लागि आन्तरिक पर्यटक आउन थालेका छन् ।

यही रमणीय गुराँसपार्कको प्रवद्र्धन गर्ने उद्देश्यसहित पर्यटन प्रवद्र्धन मञ्च नेपालले ‘जाऔं है गुराँसपार्क’ अभियान सुरु गरेको छ । बागमती प्रदेशका पूर्वसंस्कृति तथा पर्यटनमन्त्रीसमेत रहेका प्रदेश सांसद दीपेन्द्र श्रेष्ठले गुराँसपार्कबाट अभियानको शुभारम्भ गरेका हुन् ।

नयाँ वर्षमा घुम्न आएका भरिभराउ पर्यटकबीच आयोजित शुभारम्भ कार्यक्रममा सांसद श्रेष्ठसहित जिरी नगरपालिकाका प्रमुख तथा जनप्रनिधिहरू, काठमाडौं महानगरपालिका वडा नं. ११ का वडाध्यक्ष हिरालाल तण्डुकार, काठमाडौंबाट आएका पाहुना र स्थानीयको सहभागिता थियो ।

जिरी नगरपालिका वडा नं. ४ का जिरेल महिला समूहले सांसद श्रेष्ठलगायत पाहुना टोलीलाई गुराँसको माला र परम्परागत नृत्यमार्फत स्वागत गरेका थिए ।

गुराँसपार्क अवलोकनपछि सांसद श्रेष्ठले यहाँ पर्यटनको प्रचुर सम्भावना रहेको बताए । ‘योजस्तो सुन्दर दृश्य भएको पर्यटकीयस्थल मैले बिरलै देखेको छु । यहाँ प्रत्येक नेपाली आएर घुम्नु पर्छ भन्ने मलाई लाग्छ,’ उनले भने ।

सांसद श्रेष्ठको पहलमा आर्थिक वर्ष २०८१/८१ गुराँसपार्कको पूर्वाधार निर्माणका लागि १० लाख बजेट विनियोजन भएको थियो ।

त्यस्तै काठमाडौं महानगर वडा नं. ११ का अध्यक्ष तण्डुकारले गुराँसपार्क सौन्दर्यको दृष्टिकोणले उत्कृष्ट रहेको बताए । काठमाडौंबाट आएका पाहुना भक्तशंकर श्रेष्ठले गुराँसपार्कलाई जिरीको मात्रै नभएर नेपालकै उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्न सकिने उल्लेख गरे ।

‘जाऔं है गुराँसपार्क’ अभियान युवा उद्यमी लीलाराम खड्काको सक्रियतामा ‘पर्यटन प्रर्वद्धन मञ्च, नेपाल’को ब्यानरमा आयोजना गरिएको हो । उद्यमी खड्का करिब डेढ दशकदेखि जिरी–दोलखालगायत समग्र नेपालको ग्रामीण पर्यटन विकास एवम प्रवद्र्धनमा क्रियाशील छन् ।

यही सिलसिलाअन्तर्गत ‘जाऔं है गुराँसपार्क’ अभियानको शुभारम्भ भएको हो । यसअघि उसले ‘जाऔं है चेर्दुङ’ अभियान सुरु गरेको थियो । जिरीको शिरमा रहेको हिलस्टेसन चेर्दुङमा अहिले पर्यटकीय चहलपहल बढेको छ ।

‘गुराँसपार्कमा पनि आन्तरिक र वाह्य पर्यटकलाई तान्न हामीले अभियान चलाएका हौं,’ अभियानका संयोजक खड्का भन्छन्, ‘हामी विशेषतः प्रचारात्मक कार्यक्रममा जोड दिनेछौं । गुराँसपार्क र चेर्दुङको भिडियो र ब्रोसर पनि बनाउँछौं ।’

जिरीबाट १०.३ किलोमिटर दूरीमा रहेको गुराँसपार्क गाडीमार्फत् ४० मिनेटमा पुग्न सकिन्छ । जिरीका होटलमा बसेर गुराँसपार्क, चेर्दुङलगायतका सम्पदा घुम्न सकिन्छ ।

तस्वीरहरू :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register