कमाण्ड तथा स्टाफ तालिम शुभारम्भ, ९२ जना अधिकृतहरू सहभागी

काठमाडौँ। नेपाली सेनाले कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ गरेको छ। जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबारबाट शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा तालिमको सुभारम्भ गरेको हो । तालिमको शुभारम्भ गर्दै नेपाली सेनाका बलाधिकृत रथी निर्मल कुमार थापाले यस तालिमले तालिमरत अधिकृतहरुलाई अन्तराष्ट्रिय, क्षेत्रीय एवं आन्तरिक सुरक्षा चुनौतीहरुको विश्‍लेषण गरी फर्मेशन तथा युनिट तहमा व्यवहारिक योजना बनाई […]

Apr 17, 2025 - 12:40
 0
कमाण्ड तथा स्टाफ तालिम शुभारम्भ, ९२ जना अधिकृतहरू सहभागी

काठमाडौँ।

नेपाली सेनाले कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ गरेको छ। जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबारबाट शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा तालिमको सुभारम्भ गरेको हो ।

तालिमको शुभारम्भ गर्दै नेपाली सेनाका बलाधिकृत रथी निर्मल कुमार थापाले यस तालिमले तालिमरत अधिकृतहरुलाई अन्तराष्ट्रिय, क्षेत्रीय एवं आन्तरिक सुरक्षा चुनौतीहरुको विश्‍लेषण गरी फर्मेशन तथा युनिट तहमा व्यवहारिक योजना बनाई कार्यान्वयन गर्न सक्षम बनाउने बताए । साथै, उनले तालिममा सहभागी स्वदेशी तथा विदेशी शिक्षार्थीहरूलाई अनुभव आदान प्रदान गर्दै मित्रभावका साथ तालिमको सदुपयोग गर्न सुझाव दिए ।

मध्यम तहका अधिकृतहरूको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्त्वपूर्ण यस तालिममा नेपाली सेनाका महिला ४ जना सहित ८१ अधिकृतहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका १/१ गरी ३ जना अधिकृतहरू, मित्रराष्ट्र चीनको २ तथा बंगलादेश, भारत, केन्या, माल्दिभ्स, नाइजेरिया र पाकिस्तानका १/१ जना गरी ८ विदेशी सहित जम्मा ९२ जना अधिकृतहरू सहभागी छन् ।

वि.सं. २०४९ पौष १४ गते स्थापना भएको सो कलेजबाट हालसम्म नेपाली सेनाका १२२७, नेपाल प्रहरीका १६, सशस्त्र प्रहरी बल, नेपालका २८, राष्ट्रिय अनुसन्धान विभागका १९, रक्षा मन्त्रालयका १ र विभिन्न राष्ट्रहरूका १२४ गरी जम्मा १4१५ जना शिक्षार्थी अधिकृतहरू प्रशिक्षित भइसकेका छन् ।

शिक्षाध्यक्ष उपरथी चोक बहादुर ढकालले स्वागत मन्तव्य राखेको कार्यक्रममा रथीवृन्द, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, कलेजका पूर्व शिक्षाध्यक्षहरु, पूर्व रथीवृन्द, प्राध्यापकहरू, विभिन्न राष्ट्रका सैनिक सहचारीहरू लगायत शिक्षार्थी अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register