अभ्यास ‘हातेमालो- ७’ सम्पन्न

काठमाडौँ। विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापनका विविध पक्षहरू समेटी नेपाली सेनाको अगुवाइमा राष्ट्रिय स्तरमा विपद् व्यवस्थापनसँग सरोकार राख्ने सम्पूर्ण निकायहरूको सहभागितामा सञ्चालन भएको अभ्यास हातेमालोको सातौं संस्करण मंगलबार सम्पन्न भएको छ । तीन दिन सम्म जङ्गी अड्डामा सञ्चालन भएको उक्त अभ्यासको दौरान विपद् पूर्व तयारी तथा विपद् प्रतिकार्यका दौरान अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्था, संरचनागत सुधार, […]

Mar 4, 2025 - 12:10
 0
अभ्यास ‘हातेमालो- ७’ सम्पन्न

काठमाडौँ।

विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापनका विविध पक्षहरू समेटी नेपाली सेनाको अगुवाइमा राष्ट्रिय स्तरमा विपद् व्यवस्थापनसँग सरोकार राख्ने सम्पूर्ण निकायहरूको सहभागितामा सञ्चालन भएको अभ्यास हातेमालोको सातौं संस्करण मंगलबार सम्पन्न भएको छ ।

तीन दिन सम्म जङ्गी अड्डामा सञ्चालन भएको उक्त अभ्यासको दौरान विपद् पूर्व तयारी तथा विपद् प्रतिकार्यका दौरान अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्था, संरचनागत सुधार, क्षमता विकास, तालिम, राहत तथा बन्दोबस्ती लगायत विविध पक्षहरूमा छलफल गरिएको थियो ।

बलाधिकृत रथी निर्मल कुमार थापाले समापन गरेको कार्यक्रममा रथीवृन्द, विभिन्न मन्त्रालयं तथा सरकारी निकायका प्रतिनिधि, संयुक्त राष्ट्रसंघीय निकायहरुका प्रतिनिधि, रेडक्रस लगायत गैर सरकारी निकायका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

वार्षिक रूपमा सञ्चालन हुने यस प्रकारको अभ्यासले विपद् व्यवस्थापनसँग सरोकार राख्ने निकायहरू बिचको सहकार्यलाई प्रभावकारी बनाई समग्र राष्ट्रको विपद् पूर्व तयारी तथा प्रतिकार्य क्षमता अभिवृद्धि गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास नेपाली सेनाले लिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register