देउवा पत्नीसहित उपचारका लागि सिंगापुर जाँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा उपचारका लागि आइतबार सिंगापुर जानुहुने भएको छ । उहाँहरू उपचारका लागि सिंगापुर जान लागेको जानकारी उहाँको सचिवालय स्रोतले नेपाल समाचारपत्रलाई दिएको हो । सरकारमाथि नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालासहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूले लगातार दबाब दिइरहेको […]

Apr 18, 2025 - 03:28
 0
देउवा पत्नीसहित उपचारका लागि सिंगापुर जाँदै

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा उपचारका लागि आइतबार सिंगापुर जानुहुने भएको छ । उहाँहरू उपचारका लागि सिंगापुर जान लागेको जानकारी उहाँको सचिवालय स्रोतले नेपाल समाचारपत्रलाई दिएको हो ।

सरकारमाथि नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालासहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूले लगातार दबाब दिइरहेको बेला उहाँहरूको सिंगापुर भ्रमणले सत्तारुढ दलमाथि थप संकट उत्पन्न भएको बताइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको सरकार वैशाख महिनाभित्रै ढल्ने घोषणा गर्दै आउनुभएको छ । सत्तारुढ दलबीच खटपट शुरू भएको बेला सभापति देउवा पत्नीको सिंगापुर भ्रमणले भने सत्तारुढ दलबीच थप संकट उत्पन्न हुन लागेको आशंका गरिएको छ ।

सभापति देउवाले सत्तारुढ दलबीच कुनै समस्या नरहेको र यो गठवन्धन २०८४ सालसम्म नै जाने बताए पनि कांग्रेसभित्रको एउटा खेमालाई हात लिएर माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीको सत्ता ढाल्न हरतरहबाट कोसिस गरिरहनुभएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register