राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले दिए राजिनामा

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । गभर्नर बन्ने पक्का भएपछि भट्टले पदबाट राजिनामा दिएका हुन् । उनले शुक्रबार बिहान राजिनामा पत्र बुझाएका छन् । सरकारले तीन साताअघि नै गभर्नर नियुक्त गर्नका लागि सिफारिस समिति बनाएको थियो । सत्तारुढ दुई दलबीच गभर्नर कसलाई बनाउने भनेर निर्णय नहुँदा […]

Apr 18, 2025 - 07:38
 0
राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले दिए राजिनामा

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । गभर्नर बन्ने पक्का भएपछि भट्टले पदबाट राजिनामा दिएका हुन् । उनले शुक्रबार बिहान राजिनामा पत्र बुझाएका छन् ।

सरकारले तीन साताअघि नै गभर्नर नियुक्त गर्नका लागि सिफारिस समिति बनाएको थियो । सत्तारुढ दुई दलबीच गभर्नर कसलाई बनाउने भनेर निर्णय नहुँदा समितिको बैठक बस्न सकेको थिएन ।

तर, बुधबार साँझ प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा दुई चरणमा भएको कुराकानीपछि भट्टलाई राष्ट्र बैंकको गभर्नर बनाउने समझदारी भएको थियो ।

अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले संभवत आजै भट्टलगायत अन्य दुई जनाको नाम गभर्नरमा सिफारिस गर्ने छ । त्यसपछि मन्त्रीपरिषद् बैठकले भट्टलाई गभर्नर नियुक्त गर्ने तयारी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register