सपरिवार बैंकक उडे देउवा

काठमाडौं  । काङ्ग्रेस सभापति शेरबहादुर देउवा सपरिवार बैंकक प्रस्थान गरेका छन् ।  नियमति स्वास्थ्योपचारका लागि  देउवा बैंकक गएका हुन् । सभापति देउवासँग परराष्ट्रमन्त्री  डा.आरजु राणा देउवा, छोरा जयवीर देउवा, बुहारी शिवना श्रेष्ठ र प्रमुख स्वकीय सचिव भानुवा देउवा पनि रहेका छन्  । काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सभापति देउवा उपचारको क्रममा सपरिवार बैंकक […]

Apr 20, 2025 - 09:44
 0
सपरिवार बैंकक उडे देउवा

काठमाडौं  । काङ्ग्रेस सभापति शेरबहादुर देउवा सपरिवार बैंकक प्रस्थान गरेका छन् ।  नियमति स्वास्थ्योपचारका लागि  देउवा बैंकक गएका हुन् । सभापति देउवासँग परराष्ट्रमन्त्री  डा.आरजु राणा देउवा, छोरा जयवीर देउवा, बुहारी शिवना श्रेष्ठ र प्रमुख स्वकीय सचिव भानुवा देउवा पनि रहेका छन्  ।

काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सभापति देउवा उपचारको क्रममा सपरिवार बैंकक प्रस्थान गरेको बताए । ‘‘सभापतिजी, परराष्ट्रमन्त्री आरजु, स्वकीय सचिव भानु देउवा, छोरा-बुहारीसहित परिवार नै जानुभएको हो,’ पौडेलले  भने, ‘यस अघि पनि उहाँको स्वास्थ्य परीक्षण बैंककमा भएको थियो । ’

परराष्ट्रमन्त्री राणा भने संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्री आर्थिक तथा सामाजिक आयोग युएनस्केपको बैठकमा सहभागी हुने बताइएको छ ।  नेपाल हाल युएनस्केपको अध्यक्ष रहेकाले मन्त्री डा राणाले उक्त आयोगको ८१औँ सत्रको अध्यक्षता गर्नेछिन् । सत्रलाई मन्त्री डा राणाले नेपालका तर्फबाट सम्बोधन गर्नुहुनेछ ।

यस सत्रको विषय वस्तु एसिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग रहेको छ । सो सत्रमा मन्त्री डा राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्याण्डस्थित नेपाली दूतावासका अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register