संसदमा एक भएर प्रस्तुत हुने सत्तापक्षीय दलको निर्णय
काठमाडौं । सत्तापक्षीय दलहरुले संसदमा एक भएर प्रस्तुत हुने निष्कर्ष निकालेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्ता साझेदार दलहरुको नियमित बैठकले संसद्का एजेण्डाहरुमा साझा मत प्रस्तुत गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सरकार र सत्तारुढबीच समस्या नरहेको निष्कर्षपछि संसद् बैठकमा पनि एउटै मत बनाएर जाने निर्णय गरिएको […]

काठमाडौं । सत्तापक्षीय दलहरुले संसदमा एक भएर प्रस्तुत हुने निष्कर्ष निकालेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्ता साझेदार दलहरुको नियमित बैठकले संसद्का एजेण्डाहरुमा साझा मत प्रस्तुत गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
सरकार र सत्तारुढबीच समस्या नरहेको निष्कर्षपछि संसद् बैठकमा पनि एउटै मत बनाएर जाने निर्णय गरिएको ती नेताको भनाइ छ ।
ती नेताका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनबारे ब्रिफिङ गरेका थिए । प्रधानमन्त्रीले सरकार र गठबन्धन राम्रोसँग चलिरहेको ब्रिफिङ गरेको बताइएको छ ।
What's Your Reaction?






