हल्दिबारीमा जग्गा वर्गीकरणमा छुटेका र संशोधनका लागि अन्तिम मौका

हल्दिबारी, ८ बैशाख । झापाको हल्दिबारीले जग्गा वर्गीकरण छुटेका र संशोधनका लागि अन्तिम पटकका लागि निवेदन माग गरेको छ । गाउँपालिकाले २०८१ चैत ३१ गते एक सूचना जारी गर्दै भू–उपयोग वर्गीकरण छुट भएका र वर्गीकृत क्षेत्र संशोधनका लागि अन्तिम पटक निवेदन दिने सार्वजनिक सूचना जारी गरेको हो । हल्बिारी गाउँपालिका क्षेत्र भित्रका निजी जग्गाहरुको भू–उपयोग [...] The post हल्दिबारीमा जग्गा वर्गीकरणमा छुटेका र संशोधनका लागि अन्तिम मौका appeared first on Jhapa Online.

Apr 21, 2025 - 02:36
 0
हल्दिबारीमा जग्गा वर्गीकरणमा छुटेका र संशोधनका लागि अन्तिम मौका

हल्दिबारी, ८ बैशाख । झापाको हल्दिबारीले जग्गा वर्गीकरण छुटेका र संशोधनका लागि अन्तिम पटकका लागि निवेदन माग गरेको छ ।

गाउँपालिकाले २०८१ चैत ३१ गते एक सूचना जारी गर्दै भू–उपयोग वर्गीकरण छुट भएका र वर्गीकृत क्षेत्र संशोधनका लागि अन्तिम पटक निवेदन दिने सार्वजनिक सूचना जारी गरेको हो । हल्बिारी गाउँपालिका क्षेत्र भित्रका निजी जग्गाहरुको भू–उपयोग वर्गीकरण गर्न छुटेका र वर्गीकृत क्षेत्र संशोधन गर्नुपर्ने जग्गाहरुको हकमा अन्तिम पटकका लागि मिति २०८२ बैशाख १५ गते भित्र निवेदन दिन सकिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्बन्धित वडा कार्यालयको सिफारिस तथा आवश्यक कागजातसहित गाउँपालिका कार्यालयमा निवेदन दिन सकिने छ । गाउँपालिकाले हालसम्म भूउपयोग क्षेत्र वर्गीकरण गरिसकेकाहरुको हकमा र छुट भएकाहरुको हकमा समेत सोही बमोजिम नै हुने उहाँले बताउनुभयो ।

The post हल्दिबारीमा जग्गा वर्गीकरणमा छुटेका र संशोधनका लागि अन्तिम मौका appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register