गाजामा इजरायली हवाई आक्रमणबाट : कम्तीमा २५ जनाको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा निकायका अनुसार आइतबार बिहानदेखि भएका इजरायली हवाई आक्रमणमा परी गाजा पट्टीमा कम्तीमा २५ जनाको ज्यान गएको छ, जसमा महिला र बालबालिका पनि परेका छन् । इजरायलले मार्च १८ देखि गाजामा फेरि हवाई र स्थल आक्रमण सुरु गरेको हो । त्यसअघि दुई महिनासम्म युद्धविराम कायम थियो । नागरिक सुरक्षा निकायका प्रवक्ता […]

Apr 21, 2025 - 03:45
 0
गाजामा इजरायली हवाई आक्रमणबाट : कम्तीमा २५ जनाको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा निकायका अनुसार आइतबार बिहानदेखि भएका इजरायली हवाई आक्रमणमा परी गाजा पट्टीमा कम्तीमा २५ जनाको ज्यान गएको छ, जसमा महिला र बालबालिका पनि परेका छन् ।

इजरायलले मार्च १८ देखि गाजामा फेरि हवाई र स्थल आक्रमण सुरु गरेको हो । त्यसअघि दुई महिनासम्म युद्धविराम कायम थियो । नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बास्सालले एएफपीलाई भने, ‘आइतबार बिहानदेखि भएका आक्रमणमा २० जनाको मृत्यु भएको छ र दर्जनौं घाइते भएका छन्, जसमा महिला र बालबालिका छन् ।’
यसपछि निकायले अर्को वक्तव्य जारी गर्दै राफाहको पूर्वी क्षेत्रमा सर्वसाधारणको समूहमाथि ड्रोन आक्रमण हुँदा थप पाँच जनाको मृत्यु भएको जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुले शनिबार युद्ध जारी राख्ने प्रतिबद्धता जनाउँदै बाँकी बन्धकहरूलाई उद्धार गर्ने बताएका छन् । ‘हामी युद्धको निर्णायक चरणमा छौं, अहिले धैर्य र दृढता आवश्यक छ,’ उनले भने ।

गाजा स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायलले आक्रमण पुनः सुरु गरेदेखि अहिलेसम्म गाजामा कम्तीमा एक हजार ८२७ जनाको ज्यान गएको छ । अहिलेसम्मको युद्धमा गाजामा कुल ५१ हजार २०१ जनाको मृत्यु भइसकेको छ, जसमध्ये अधिकांश सर्वसाधारण रहेको संयुक्त राष्ट्रसङ्घले विश्वसनीय मानेको छ ।

यो युद्ध अक्टोबर सन् २०२३ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको थियो। उक्त आक्रमणमा एक हजार २१८ जना इजरायली नागरिकको ज्यान गएको थियो । त्यतिबेला २५१ जना अपहरणमा परेका थिए, जसमा हालसम्म ५८ जना गाजामा बन्दी छन् भने ३४ जनाको मृत्यु भइसकेको इजरायली सेनाको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register