औरही घटनाबारे राष्ट्रियसभामा माग : गाउँपालिका अध्यक्षलाई पक्राउ गरियाेस्, संलग्न सबैमाथि कारबाही होस्

काठमाडौं । दलित परिवारको घर उठिबास लगाउने सिराहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादवलाई पक्राउ गर्न राष्ट्रियसभामा आवाज उठेको छ । राष्ट्रियसभा सदस्य गोमादेवी तिम्सिनाले महायज्ञको नाममा दलित परिवारको घर उठिबास लगाएको भन्दै शुक्रबारको बैठकमा गाउँपालिका अध्यक्ष यादवलाई पक्राउ गर्न माग गरेकी हुन् । ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन, दलित भनी उठिबास लाउन कानुनले दिँदैन,’ […]

Mar 21, 2025 - 07:08
 0
औरही घटनाबारे राष्ट्रियसभामा माग : गाउँपालिका अध्यक्षलाई पक्राउ गरियाेस्, संलग्न सबैमाथि कारबाही होस्

काठमाडौं । दलित परिवारको घर उठिबास लगाउने सिराहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादवलाई पक्राउ गर्न राष्ट्रियसभामा आवाज उठेको छ ।

राष्ट्रियसभा सदस्य गोमादेवी तिम्सिनाले महायज्ञको नाममा दलित परिवारको घर उठिबास लगाएको भन्दै शुक्रबारको बैठकमा गाउँपालिका अध्यक्ष यादवलाई पक्राउ गर्न माग गरेकी हुन् ।

‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन, दलित भनी उठिबास लाउन कानुनले दिँदैन,’ तिम्सिनाले राष्ट्रियसभामा भनिन् ‘अध्यक्षलगायत त्यस घटनासँग सम्बन्धित रहेका ढोगी बाबा लगायत संलग्न सबैलाई कारबाही गरोस् ।’

त्यस्तै : अर्का सांसद तुलप्रसाद विश्वकर्माले दोषीलाई नियन्त्रणमा लिएर पीडितलाई क्षतिपूर्ति दिन माग गरे । सांसदहरू गोमादेवी तिम्सिना, जयन्तीदेवी राई लगायतले पनि औरही- ५ को घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

औरही नगरपालिका-५ मा महायज्ञ लगाउने भन्दै दीपक मरिक (डोम)को घर भत्काइएको आराेप छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register