छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ

स्मिता अर्जेलमकवानपुरगढी, ८ वैशाख । मकवानपुरको थाहा नगरपालिका– १, कुञ्छालमा छोरीलाई पटक–पटक जबरजस्ती करणी गरेको अभियोगमा ६३ वर्षीय बुवा पक्राउ परेका छन् । आइतबार पीडित किशोरीले इलाका प्रहरी कार्यालय पालुङमा जाहेरी दिएपश्चात् घटना बाहिर आएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक सविनबाबु अर्यालले जानकारी दिनुभयो । बाबुले गत २०८१ साल भदौदेखि कात्तिकसम्म पटक–पटक ललाइफकाइ गरी [...] The post छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ appeared first on Jhapa Online.

Apr 21, 2025 - 09:41
 0
छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ

स्मिता अर्जेल
मकवानपुरगढी, ८ वैशाख ।
मकवानपुरको थाहा नगरपालिका– १, कुञ्छालमा छोरीलाई पटक–पटक जबरजस्ती करणी गरेको अभियोगमा ६३ वर्षीय बुवा पक्राउ परेका छन् ।

आइतबार पीडित किशोरीले इलाका प्रहरी कार्यालय पालुङमा जाहेरी दिएपश्चात् घटना बाहिर आएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक सविनबाबु अर्यालले जानकारी दिनुभयो ।

बाबुले गत २०८१ साल भदौदेखि कात्तिकसम्म पटक–पटक ललाइफकाइ गरी घरदेखि टाढा लगेर जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको प्रहरी निरीक्षक अर्यालले बताउनुभयो ।

प्रहरीका अनुसार किशोरी बाबुको जेठी श्रीमतीकी छोरी हुन् । किशोरीले करिब डेढ हप्ता अघि परिवारका अन्य सदस्यलाई घटनाबारे जानकारी गराएका थिइन् । किशोरीको बयान अनुसार, उनको फुप, अन्य आफन्त र वडाका जनप्रतिनिधिहरूको उपस्थितिमा उजुरी प्राप्त भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पीडकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याउने तयारी भइरहेको छ भने पीडित किशोरी सुरक्षित छन् ।

The post छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register