झापाको मेचीनगरमा सिटी सफारी दुर्घटना, चालकको मृत्यु

झापा, २१ असार । झापाको मेचीनगर नगरपालिका–१० स्थित ढाड चोकको भित्री सडक खण्डमा आज बिहान सिटी सफारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। महामती फर्निचर उद्योगबाट नागाडुव्वातर्फ जाँदै गरेको प्रदेश १–०१–००२ ह ७१०५ नम्बरको सिटी सफारी बिहान करिब ९:३० बजे आफैँ अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा मेचीनगर–११ निवासी ३२ वर्षीय चालक राज कररिया गम्भीर घाइते [...] The post झापाको मेचीनगरमा सिटी सफारी दुर्घटना, चालकको मृत्यु appeared first on Jhapa Online.

Jul 5, 2025 - 08:17
 0
झापाको मेचीनगरमा सिटी सफारी दुर्घटना, चालकको मृत्यु

झापा, २१ असार । झापाको मेचीनगर नगरपालिका–१० स्थित ढाड चोकको भित्री सडक खण्डमा आज बिहान सिटी सफारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

महामती फर्निचर उद्योगबाट नागाडुव्वातर्फ जाँदै गरेको प्रदेश १–०१–००२ ह ७१०५ नम्बरको सिटी सफारी बिहान करिब ९:३० बजे आफैँ अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा मेचीनगर–११ निवासी ३२ वर्षीय चालक राज कररिया गम्भीर घाइते भएका थिए।

घाइते कररियालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा बिहान १०स्०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दुर्घटनाको समयमा सिटी सफारीमा अन्य कोही सवार नरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

The post झापाको मेचीनगरमा सिटी सफारी दुर्घटना, चालकको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register