ऋण दुरुपयोगमा दुर्गा प्रसाइँमाथि बैंकिङ कसुरको उजुरी, सीआइबीले थाल्यो अनुसन्धान

काठमाडौं । राष्ट्र बैंकले ऋण दुरुपयोगमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि अनुसन्धान अघि बढाउन प्रहरीलाई पत्राचार गरेको छ । प्रसाईँमाथि होटल, अस्पताल तथा विभिन्न व्यवसायका नाममा लिएको अर्बौँ ऋण दुरूपयोग गरेको भन्दै बैंकिङ कसुर अन्तर्गत अनुसन्धान अघि बढाउन राष्ट्र बैंकले पत्राचार गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीमा बैकिङ कसुर सम्बन्धि उजुरी परेपछि उनीविरूद्ध अर्को पक्राउ […]

Apr 21, 2025 - 10:19
 0
ऋण दुरुपयोगमा दुर्गा प्रसाइँमाथि बैंकिङ कसुरको उजुरी, सीआइबीले थाल्यो अनुसन्धान

काठमाडौं । राष्ट्र बैंकले ऋण दुरुपयोगमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि अनुसन्धान अघि बढाउन प्रहरीलाई पत्राचार गरेको छ ।

प्रसाईँमाथि होटल, अस्पताल तथा विभिन्न व्यवसायका नाममा लिएको अर्बौँ ऋण दुरूपयोग गरेको भन्दै बैंकिङ कसुर अन्तर्गत अनुसन्धान अघि बढाउन राष्ट्र बैंकले पत्राचार गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीमा बैकिङ कसुर सम्बन्धि उजुरी परेपछि उनीविरूद्ध अर्को पक्राउ पुर्जी पनि जारी भएको छ । प्रसाईँ हाल राजद्रोह लगायतका कसुरमा प्रहरीको हिरासतमै छन् ।

प्रहरी हिरासतमै रहेका प्रसाईँमाथि अब सिआइबीले पनि अनुसन्धान अघी बढाउने प्रवक्ता सुधिरराज शाहीले जानकारी दिए । ‘हिरासतमा रहेका प्रसाईँमाथि बैंकिङ कसुरमा हामीले पनि अनुसन्धान थालेका छौँ,’ उनले भने ।

चैत १५ मा उनकै नेतृत्वमा तीनकुनेमा भएको आन्दोलन हिंसात्मक भएपछि प्रसाईँ भारत फरार भएका थिए । उनलाई भारतीय प्रहरीको सहयोगमा असामबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई विशेष ब्युरोको टोलीले चैत २९ गते नेपाल ल्याएको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register