‘एआईका कारण लाखौँ डाक्टर र शिक्षकको जागिर धरापमा छ’

काठमाडौँ । माइक्रोसफ्टका सह संस्थापक बिलगेट्सले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का कारण लाखौँको जागिर धरापमा परेको बताएका छन् । उनले एआईका कारण डाक्टर र शिक्षक लगायत लाखौँ जागिरेको जागिर धरापमा रहेको बताएका हुन् ।  यतिसम्म की सन् २०३५ सम्म एआईले डाक्टर, शिक्षक लगायत लाखौँको जागिर विस्थापित गर्ने बिलगेट्सले पूर्वानुमान गरेका छन् ।  यसो त अहिले दैनिक जीवनमा […]

Apr 21, 2025 - 11:34
 0
‘एआईका कारण लाखौँ डाक्टर र शिक्षकको जागिर धरापमा छ’

काठमाडौँ । माइक्रोसफ्टका सह संस्थापक बिलगेट्सले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का कारण लाखौँको जागिर धरापमा परेको बताएका छन् । उनले एआईका कारण डाक्टर र शिक्षक लगायत लाखौँ जागिरेको जागिर धरापमा रहेको बताएका हुन् । 

यतिसम्म की सन् २०३५ सम्म एआईले डाक्टर, शिक्षक लगायत लाखौँको जागिर विस्थापित गर्ने बिलगेट्सले पूर्वानुमान गरेका छन् । 

यसो त अहिले दैनिक जीवनमा आइपर्ने समस्या तथा उल्झन सुल्झाउन अधिकांशले एआईको प्रयोग गर्छन् । अझ स्वास्थ्य सम्बन्धी जानकारी लिन, थेसिस तयार गर्न तथा कुनै बौद्धिक विषयको जानकारी लिन अधिकांशले एआईको प्रयोग गर्ने गर्छन् । 

त्यसैमाथि पछिल्लो समय डाक्टर र शिक्षकको शुल्क पनि तुलनात्मक रुपमा महँगो हुँदै गएको छ । यही कारण पनि धेरैले विकल्पका रुपमा एआईको प्रयोग बढाएका छन् । यसले आगामी एक दशकमा एआईले शिक्षक र डाक्टर लगायतका पेशाकर्मीको जागिर विस्थापित गर्ने बिलगेट्सले अनुमान गरेका छन् । त्यस्तै, आगामी १० वर्षमा एआईले निःशुल्क राम्रो पढाउन सक्ने र स्वास्थ्य सल्लाह दिन सक्ने बिलगेट्सको दाबी छ । 

एकातर्फ एआईका कारण लाखौँ शिक्षक र डाक्टरको जागिर धरापमा परे पनि राम्रो स्वास्थ्य सुविधा र शिक्षाको अभाव भएका देशमा यो उपयोगी हुने बिलगेट्सको भनाई छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register