बिर्तामोड–२ का १५ जना कृषकलाई ४५ वटा बाख्रा

बिर्तामोड, ८ बैशाख । बिर्तामोड नगरपालिका वडा नम्बर २ का १५ जना कृषकलाई बाख्रा वितरण गरिएको छ । नगरको मेयर पकेट प्याकेज बाख्रा साटासाँट कार्यक्रम अन्तर्गत समृद्धि पूर्णिमा कृषक समूह सोमबारेका १५ जना कृषकलाई ३–३ वटाका दरले ४५ वटा बाख्रा वितरण गरिएको हो । नगर कार्यपालिका सदस्य सिता ढुङ्गाना विश्वकर्माको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि [...] The post बिर्तामोड–२ का १५ जना कृषकलाई ४५ वटा बाख्रा appeared first on Jhapa Online.

Apr 21, 2025 - 15:47
 0
बिर्तामोड–२ का १५ जना कृषकलाई ४५ वटा बाख्रा

बिर्तामोड, ८ बैशाख । बिर्तामोड नगरपालिका वडा नम्बर २ का १५ जना कृषकलाई बाख्रा वितरण गरिएको छ ।

नगरको मेयर पकेट प्याकेज बाख्रा साटासाँट कार्यक्रम अन्तर्गत समृद्धि पूर्णिमा कृषक समूह सोमबारेका १५ जना कृषकलाई ३–३ वटाका दरले ४५ वटा बाख्रा वितरण गरिएको हो । नगर कार्यपालिका सदस्य सिता ढुङ्गाना विश्वकर्माको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष किशोर पौडेलले गोलाप्रथा विधिबाट बाख्रा छनोट गरेर हस्तान्तरण गर्नु भयो ।

नगरपालिकाले पशुपंछि तथा मत्स्य विकास शाखाबाट २०७४ सालदेखि हरेक वर्ष बाख्रा साटासाट कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस आर्थिक वर्षसम्म आइपुग्दा १६ वटा समूहलाई ७ सय २० वटा बाख्रा वितरण भईसकेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बाख्रासंगै एक समूहका लागि एउटा उन्नत जातको बिउ बोकासमेत वितरण गर्दै आएको पशुपंछि तथा मत्स्य विकास शाखा अधिकृत सावित्रा दाहालले जानकारी दिनु भयो ।

नगरपालिकाले कृषकलाई कुनैपनि क्षति नहोस् भन्ने उदेश्यले बाख्राको विमासमेत गर्दै आएको छ । बिर्तामोडमा मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत बाख्रा र बंगुर साटासाट कार्यक्रम सञ्चालनमा छन् ।

The post बिर्तामोड–२ का १५ जना कृषकलाई ४५ वटा बाख्रा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register