कक्षा १२ को परीक्षाबारे निर्णय लिन बोर्डको बैठक बस्दै

काठमाडौं । कक्षा १२ को परीक्षाबारे निर्णय लिन आज (मङ्गलबार) राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ । बैठक बिहान ८ बजेका लागि बोलाइएको बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालले जानकारी दिए । यही वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा हुँदैछ । यद्यपि परीक्षाको व्यवस्थापन सञ्चालन गर्ने शिक्षकहरू यतिबेला २१ दिनदेखि सडक आन्दोलनमा छन् । शिक्षा ऐन जारी […]

Apr 22, 2025 - 03:35
 0
कक्षा १२ को परीक्षाबारे निर्णय लिन बोर्डको बैठक बस्दै

काठमाडौं । कक्षा १२ को परीक्षाबारे निर्णय लिन आज (मङ्गलबार) राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ ।

बैठक बिहान ८ बजेका लागि बोलाइएको बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालले जानकारी दिए ।

यही वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा हुँदैछ । यद्यपि परीक्षाको व्यवस्थापन सञ्चालन गर्ने शिक्षकहरू यतिबेला २१ दिनदेखि सडक आन्दोलनमा छन् ।

शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलित भएको शिक्षक महासङ्घले १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको छ । यस्तोमा परीक्षाबारे निर्णय लिन बैठक बोलाइएको बताइएको छ ।

यसैबीच सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको असयोगका कारण उनले राजीनामा दिएको बताइएको छ ।

ओलीका ती अपमान : जसका कारण मन्त्री छाड्न बाध्य भइन् विद्या

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register