दोस्रो विश्वविद्यालय खेलकुद महोत्सवमा मुकेश र विनालाई स्वर्ण

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालयकी विना थारुले दोस्रो विश्वविद्यालय खेलकुद महोत्सवमा एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । पोखरा रङ्गशालामा मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा पूरा गर्दै काठमाडौंका विकासकुमार शाह दोस्रो तथा ११.८४ सेकेन्डसहित टीयूका प्रकाश जोशी तेस्रो भए । विनाले निर्धारित […]

Feb 5, 2025 - 07:33
 0
दोस्रो विश्वविद्यालय खेलकुद महोत्सवमा मुकेश र विनालाई स्वर्ण

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालयकी विना थारुले दोस्रो विश्वविद्यालय खेलकुद महोत्सवमा एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् ।

पोखरा रङ्गशालामा मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा पूरा गर्दै काठमाडौंका विकासकुमार शाह दोस्रो तथा ११.८४ सेकेन्डसहित टीयूका प्रकाश जोशी तेस्रो भए ।

विनाले निर्धारित दूरी तय गर्न १४.४० सेकेन्ड समय खर्चिन् । टीयूकी आकृति चौधरी १४.९० सेकेन्डसहित दोस्रो तथा पूर्वाञ्चल विश्वविद्यालयकी प्रमिला खड्का १५.०० सेकेन्डसहित तेस्रो बनिन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष लङजम्पमा पनि मुकेशले अर्को स्वर्ण जिते । उनले ६.७० मिटर जम्प गरे । सुदूरपश्चिमकै खेमराज जोशी (५.८२ मिटर) दोस्रो तथा टीयूका दिवस रेग्मी (५.५३ मिटर) तेस्रो भए ।

गण्डकी विश्वविद्यालयको सह–आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको समन्वयमा भइरहेको प्रतियोगिताको पुरुष ४ सय मिटर दौडमा टीयूका सुशिलकुमार बानियाँ पहिलो भए । उनले ५३.९१ सेकेन्डमा निर्धारित दूरी तय गरे । टीयूका दिवस रेग्मी (५५.५६ सेकेन्ड) दोस्रो तथा सुदूरपश्चिमका दीपकराज भाट (५६.२९ सेकेन्ड) तेस्रो स्थानमा रहे ।

सो स्पर्धाको महिलामा मधेश प्रदेश विश्वविद्यालयकी हिमाली शाहीले स्वर्ण जितिन् । हिमालीले निर्धारित दूरी पूरा गर्न १ मिनेट १०.४६ सेकेन्ड समय लगाइन् । टीयूकी राज्यलक्ष्मी रावल (१ मिनेट १०.४८ सेकेन्ड) ले रजत तथा गण्डकीकी कृति गिरी (१ मिनेट १५.३० सेकेन्ड) ले कास्यपदक हासिल गरे ।

एथलेटिक्सको पहिलो दिन ५ स्वर्णको टुङ्गो लाग्दा सुदूरपश्चिम र टीयूले समान २–२ स्वर्ण जितेका छन् । मधेस प्रदेशले १ स्वर्ण जितेको छ । १० स्पर्धा समावेश एथलेटिक्सको बाँकी ५ स्पर्धाको फाइनल बिहीबार हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register