कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने

झापा, ९ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले पर्सि ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो । उहाँले ढुक्क भएर परीक्षाको तयारी गर्न विद्यार्थीलाई आग्रह गर्नुभएको छ । यसअघि शिक्षक तथा कर्मचारीहरुको आन्दोलनका कारण कक्षा १२ को [...] The post कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने appeared first on Jhapa Online.

Apr 22, 2025 - 09:00
 0
कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने

झापा, ९ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले पर्सि ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो । उहाँले ढुक्क भएर परीक्षाको तयारी गर्न विद्यार्थीलाई आग्रह गर्नुभएको छ ।

यसअघि शिक्षक तथा कर्मचारीहरुको आन्दोलनका कारण कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा अन्योल थियो ।

बोर्ड बैठकले सबै जिल्लाका परीक्षा समन्वय समितिमार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालनको तयारी गर्न अनुरोध पनि गरेको छ ।

The post कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register