अन्तर्राष्ट्रिय सैन्य अभ्यासमा स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई जङ्गी अड्डामा सम्मान

काठमाडौँ। मित्रराष्ट्र पाकिस्तानमा सञ्चालन भएको आठौं अन्तर्राष्ट्रिय पाकिस्तान सेना टिम स्पिरिट( पीएटीएस ) मा नेपाली सेनाको स्वर्ण पदक विजेता टोलीलाई प्रधान सेनापति अशोक राज सिग्देलले सम्मान गरेका छन्। मंगलबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रम बिच उनले ‘प्रधानसेनापति प्रशंसा निशान’ द्वारा सुशोभित गरेका हुन् । अन्तर्राष्ट्रिय स्तरको सैन्य अभ्यासमा उत्कृष्ट नतिजा ल्याई नेपाल र नेपाली सेनाको […]

Apr 22, 2025 - 10:31
 0
अन्तर्राष्ट्रिय सैन्य अभ्यासमा स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई जङ्गी अड्डामा सम्मान

काठमाडौँ।

मित्रराष्ट्र पाकिस्तानमा सञ्चालन भएको आठौं अन्तर्राष्ट्रिय पाकिस्तान सेना टिम स्पिरिट( पीएटीएस ) मा नेपाली सेनाको स्वर्ण पदक विजेता टोलीलाई प्रधान सेनापति अशोक राज सिग्देलले सम्मान गरेका छन्। मंगलबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रम बिच उनले ‘प्रधानसेनापति प्रशंसा निशान’ द्वारा सुशोभित गरेका हुन् ।

अन्तर्राष्ट्रिय स्तरको सैन्य अभ्यासमा उत्कृष्ट नतिजा ल्याई नेपाल र नेपाली सेनाको छवि एवं गौरव बढाउन पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन स्वरूप प्रतियोगितामा सहभागी ११ जनालाई सम्मान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

गत चैत्र २८ गतेबाट यही बैशाख ५ गतेसम्म मित्रराष्ट्र पाकिस्तानको पञ्‍जाव प्रान्तको खेरियान इलाकामा १६ राष्ट्रका २४ वटा अन्तर्राष्ट्रिय टोलीहरूको सहभागितामा सञ्चालित उक्त सैन्य अभ्यासमा सहभागी टोलीहरू बिच शारीरिक सहिष्णुता, मानसिक दृढता, पेसागत ज्ञान र रणकौशल लगायतका दक्षताहरूको परीक्षण गरिएको थियो ।

सन् २०१६ बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा नेपाली सेनाले यस अघि सन् २०२२ मा समेत सहभागी भई स्वर्ण पदक प्राप्त गरेको थियो ।

सम्मान कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register