छाता ओढेर शिक्षकहरू आन्दोलनमा (तस्वीरसहित)

काठमाडौं । शिक्षकहरूले २२ दिनदेखि काठमाडौंकेन्द्रित सडक आन्दोलनलाई जारी राखेका छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा जारी आन्दोलन पछिल्ला दिनमा थप आक्रामक हुँदै गइरहेको छ । गर्मी बढेसँगै उनीहरु छाता ओढेर सडकमा विरोध प्रदर्शन गरिरहेका छन् । २२ दिनदेखि शिक्षकहरूको राजधानीकेन्द्रित सडक आन्दोलन बुधबार पनि जारी राखेका छन् । शिक्षकहरुले माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना […]

Apr 23, 2025 - 07:36
 0
छाता ओढेर शिक्षकहरू आन्दोलनमा (तस्वीरसहित)

काठमाडौं । शिक्षकहरूले २२ दिनदेखि काठमाडौंकेन्द्रित सडक आन्दोलनलाई जारी राखेका छन् ।

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा जारी आन्दोलन पछिल्ला दिनमा थप आक्रामक हुँदै गइरहेको छ । गर्मी बढेसँगै उनीहरु छाता ओढेर सडकमा विरोध प्रदर्शन गरिरहेका छन् ।

२२ दिनदेखि शिक्षकहरूको राजधानीकेन्द्रित सडक आन्दोलन बुधबार पनि जारी राखेका छन् । शिक्षकहरुले माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना दिएका छन् ।

शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म आन्दोलन जारी रहने बताउँदै आएका छन् । उनीहरुले कक्षा १२ को परीक्षामा संलग्न नहुने घोषणा गरिसकेका छन् ।

हेरौँ तस्वीर –

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register