आन्दोलनरत शिक्षकलाई पालिकाले भन्यो: पढाई भएको दिनको मात्रै तलब दिन्छौं

काठमाडौं । देशभरका शिक्षकहरु काठमाडौंकेन्द्रित आन्दोलनमा सहभागी भएपछि स्याङ्जाको  हरिनास गाउँपालिकाले विद्यालयमा पढाई भएको दिनको मात्रै तलब निकासा गर्ने भएको छ । हरिनास गाउँपालिकाका अध्यक्ष  खिमनारायण मानन्धरले बुधबार पालिकाभरका सम्पूर्ण सामुदायिक विद्यालयहरलाई पत्र लेख्दै  नपढाएको दिनको तलब नदिइने जानकारी गराएका हुन् । गाउँपालिकाबाट लेखिएको पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा नेपाल भरका शिक्षकहरु विभिन्न माग राखी […]

Apr 23, 2025 - 14:47
 0
आन्दोलनरत शिक्षकलाई पालिकाले भन्यो: पढाई भएको दिनको मात्रै तलब दिन्छौं

काठमाडौं । देशभरका शिक्षकहरु काठमाडौंकेन्द्रित आन्दोलनमा सहभागी भएपछि स्याङ्जाको  हरिनास गाउँपालिकाले विद्यालयमा पढाई भएको दिनको मात्रै तलब निकासा गर्ने भएको छ ।

हरिनास गाउँपालिकाका अध्यक्ष  खिमनारायण मानन्धरले बुधबार पालिकाभरका सम्पूर्ण सामुदायिक विद्यालयहरलाई पत्र लेख्दै  नपढाएको दिनको तलब नदिइने जानकारी गराएका हुन् ।

गाउँपालिकाबाट लेखिएको पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा नेपाल भरका शिक्षकहरु विभिन्न माग राखी आन्दोलनमा रहेको कुरा सर्वविदितै छ । हरिनास गाउँपालिकाभरिका विद्यालयहरुका शिक्षक, कर्मचारी तथा बाल शिक्षकहरुको विद्यालयमा पढाई भएको दिनदेखिको मात्रै तलब निकासा हुने सम्पूर्णमा अनुरोध छ ।’

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register