४५औं लन्डन म्याराथनमा रचिंदैछ कीर्तिमान, दौडिंदैछन् नेपाली पनि

लन्डन- यही आइतबार आयोजना हुने ४५औं संस्करणको लन्डन म्याराथनमा सहभागिताका हिसाबले नयाँ विश्व कीर्तिमान कायम हुने भएको छ। यसपटकको लन्डन म्याराथनमा ५६ हजार भन्दा बढी धावकहरुको सहभागिता रहने आंकलन गरिएको छ। हालसम्म संसारकै धेरै गत वर्ष न्यूयोर्क म्याराथनमा कायम रेकर्डमा ५५ हजार ६४६ जना धावक सहभागी थिए । तर, यसै महिना पेरिस म्याराथनमा ५६ हजार […]

Apr 23, 2025 - 16:56
 0
४५औं लन्डन म्याराथनमा रचिंदैछ कीर्तिमान, दौडिंदैछन् नेपाली पनि

लन्डन- यही आइतबार आयोजना हुने ४५औं संस्करणको लन्डन म्याराथनमा सहभागिताका हिसाबले नयाँ विश्व कीर्तिमान कायम हुने भएको छ।

यसपटकको लन्डन म्याराथनमा ५६ हजार भन्दा बढी धावकहरुको सहभागिता रहने आंकलन गरिएको छ। हालसम्म संसारकै धेरै गत वर्ष न्यूयोर्क म्याराथनमा कायम रेकर्डमा ५५ हजार ६४६ जना धावक सहभागी थिए । तर, यसै महिना पेरिस म्याराथनमा ५६ हजार ९ सय ५० सहभागीले नयाँ रेकर्ड बनाएका थिए।

लन्डन म्याराथनमा पुरुष र महिला दुवैै श्रेणीमा विश्व रेकर्ड कायम गर्न सफल हुने धावकलाई ९८ हजार पाउन्ड बोनस प्रदान गरिनेछ।

साउथ लन्डनको ग्रीनवीच पार्कबाट शुरु भएर सेन्ट्रल लन्डनको द मलमा समाप्त हुने लन्डन म्याराथनमा धावकहरूले टावर ब्रिज, क्यानरी वार्फ र बिग बेन जस्ता लन्डनका प्रमुख स्थलहरू पार गर्नेछन्। बकिंगहम प्यालेस पार गरेपछि फिनिस लाइन पूरा हुनेछ।

गत वर्षको लन्डन म्याराथनमा केन्याका अलेक्जाण्डर मुटिसो मुन्याओले पुरुष श्रेणीमा २ घण्टा ४ मिनेट १ सेकेन्डमा जित हासिल गरेका थिए भने पेरेस जेपचिर्चिरले महिला श्रेणीमा २ घण्टा १६ मिनेट १६ सेकेन्डको नयाँ विश्व रेकर्ड बनाउँदै उपाधि जितेकी थिइन्।

यसपटकको लन्डन म्याराथन कयौं नेपालीहरु पनि दौडिंदैछन्। बेलायतवासी केही नेपालीले विभिन्न परोपकारी अभियानलाई कोष जुटाउने लक्ष्य राखेर लन्डन म्याराथन दौडिने तयारी गरेका छन्।

नेपालकी पदक विजेता राष्ट्रिय धावक एवम् ओलम्पियन सन्तोषी राई लन्डन म्याराथनमा भाग लिन लन्डन आइपुगेकी छन् । यता, नेपाल रन यूकेका संस्थापक सन्तोष राई यस वर्ष पनि फेरि लन्डन म्याराथन दौडिंदैछन्।

लन्डन म्याराथन बिबीसीले प्रत्यक्ष प्रसारण गर्नेछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register