हल्दिबारीमा एक करोड बढीको लागतमा सडक पेवर्स शुरु

हल्दिबारी, २४ जेठ । झापाको हल्दिबारी गाउँपालिका–५ का तीन वटा सडकमा पेवर्स जडान कार्य शुरु भएको छ । आज एक कार्यक्रमका बीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् झापा क्षेत्र नं. ३ का सांसद राजेन्द्र लिङ्देनले सडकको शिलान्यास गर्नुभएसँगै निर्माण कार्य शुरु भएको हो । हल्दिबारी गाउँपालिकाले पूर्वाधार विकासमा उल्लेख्य काम गर्दै आएको र यहाँको विकासका [...] The post हल्दिबारीमा एक करोड बढीको लागतमा सडक पेवर्स शुरु appeared first on Jhapa Online.

Jun 7, 2025 - 15:30
 0
हल्दिबारीमा एक करोड बढीको लागतमा सडक पेवर्स शुरु

हल्दिबारी, २४ जेठ । झापाको हल्दिबारी गाउँपालिका–५ का तीन वटा सडकमा पेवर्स जडान कार्य शुरु भएको छ ।

आज एक कार्यक्रमका बीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् झापा क्षेत्र नं. ३ का सांसद राजेन्द्र लिङ्देनले सडकको शिलान्यास गर्नुभएसँगै निर्माण कार्य शुरु भएको हो । हल्दिबारी गाउँपालिकाले पूर्वाधार विकासमा उल्लेख्य काम गर्दै आएको र यहाँको विकासका लागि आफू सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले बजेटको स्रोत हल्दिबारी गाउँपालिका रहने गरी शिव शिवालय कन्स्ट्रसन प्रालि बिर्तामोडलाई आगामी माघ २४ गतेसम्ममा सम्पन्न गर्ने गरी निर्माण सम्झौता भएको बताउनुभयो । ती सडक निर्माणको लागत रू एक करोड आठ लाख ३५ हजार तीन सय ८६ रहेको छ ।

हल्दिबारी–५ को सातघरे दक्षिण विश्रामघाट सडक दुई सय २५ मिटर प्लमसहित रू ३७ लाख ८४ हजार पाँच सय ७०, वडा नम्बर ५ को कार्यालय जाने सडक तीन सय ३५ मिटर प्लमसहित रू ५८ लाख सात हजार ९ नौ सय २९ र कञ्चनश्री बजार क्षेत्र व्यवस्थापन सडक रू १० लाख ८४ हजार सातमा प्लमसहितको पेवर्स सडक निर्माण हुने हल्दिबारी गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले जानकारी दिनुभयो ।

सडक शिलान्यास कार्यक्रममा हल्दिबारी–५ का वडाध्यक्ष खड्क लावतीले स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन पालिकाकी कर्मचारी देविका अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, हल्दिबारी–१ का वडाध्यक्ष देवीबहादुर थापा, हल्दिबारी–४ का वडाध्यक्ष सन्तकुमार थापा, कार्यपालिका सदस्य, वडा सदस्य, स्थानीयबासी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

The post हल्दिबारीमा एक करोड बढीको लागतमा सडक पेवर्स शुरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register