कमलराज रेग्मी राष्ट्रिय सुकर्म पुरस्कार ‘जनमत’का सम्पादक मोहन दुवाललाई प्रदान

काठमाडौं।  यस वर्षको कमलराज रेग्मी राष्ट्रिय सुकर्म पुरस्कार ‘जनमत’ पत्रिकाका सम्पादक मोहन दुवाललाई प्रदान गरियो । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले जेठ २४ गते काठमाडौँमा एक समारोहकाबीच पुरस्कार वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री परिषद्का पूर्वअध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीले उक्त पुरस्कार साहित्यकार दुवाललाई समर्पण गरे ।  सोही अवसरमा […]

Jun 7, 2025 - 17:58
 0
कमलराज रेग्मी राष्ट्रिय सुकर्म पुरस्कार ‘जनमत’का सम्पादक मोहन दुवाललाई प्रदान

काठमाडौं। 

यस वर्षको कमलराज रेग्मी राष्ट्रिय सुकर्म पुरस्कार ‘जनमत’ पत्रिकाका सम्पादक मोहन दुवाललाई प्रदान गरियो । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले जेठ २४ गते काठमाडौँमा एक समारोहकाबीच पुरस्कार वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री परिषद्का पूर्वअध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीले उक्त पुरस्कार साहित्यकार दुवाललाई समर्पण गरे । 

सोही अवसरमा रेग्मीले समाज रुपान्तरण गर्न मोहन दुवाल जस्ता मूर्धन्य व्यक्ति तथा सिद्ध हस्त साहित्यकारलाई छनोट गरी पुरस्कृत गर्नुले सृजनाका फूलहरू, साहित्यका अक्षरहरुले साहित्यिक पत्रिकाका माध्यममा सृजना र सचेतना फैलाउँन अबिस्मरणीय काम हो । नेपालमा अनवरत रुपमा साहित्यिक पत्रिका ३ सय ३१ अंक सम्म प्रकाशन गर्नु निकै ठूलो योगदान भएको बताए । कतिपय पत्रिकाहरु आउँने जाने क्रम रहि रहेको अवस्थामा साहित्यक पत्रिका जनमतले निरन्तरता दिई रहनु देशका लागि महत्त्वपूर्ण समर्पण र सेवा हो । यस्ता पात्र छानी पुरस्कार प्रदान गर्नुले साहित्यिक पत्रकारिता जगतमा ठूलो हौसला मिल्नेछ । यो पुरस्कार वितरणले सन्तोष र गौरवको अनुभूति भइरहेको छ भने । 

सोही अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिब अधिकारीले साहित्य बहु आयामिक कुरा हो । साहित्यले देश र समाजका लागि सचेत बनाउने काम गर्छ । साहित्यले देश विकास र समाज रूपान्तरणमा परिवर्तन ल्याउने काम गर्छ भने । 

सम्मानित व्यक्तित्व मोहन दुवालले आज मलाई शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल, पाल्पाका मित्रहरुले मैले पुर्याईराखेको  साहित्यिक योगदान, साहित्यिक सिर्जनाको कदर गर्दै जुन सम्मान प्राप्त भयो, त्यसका लागि तपाईँहरूको संस्थालाई कृत–कृत भई धन्यवाद व्यक्त गर्दछु भने । उनले साहित्यिक अभिनन्दन लगायत जनमत मासिकको ४१औं वर्षदेखिको प्रकाशन सेवाका लागि ’कमल राष्ट्रिय पुरस्कार–२०८१’ बाट नगद एकाउन्न  हजार रुपैयाँले सम्मान गर्नु भएकोमा मलाई खुसी लागेको छ । आज मलाई चेतनाका खानी, अनुभवका पारखी राजनीतिज्ञ तथा अध्ययनका धनी व्यक्तित्व÷लेखक कमलराज रेग्मीको नामबाट पुरस्कृत गर्नुले मेरो सिर्जनशील कार्यका लागि थप प्रोत्साहन र प्रेरणा दिने कार्य भएको छ । त्यसका लागि म खुसीले गदगद् भएकोछु । सम्झनामा उहाँका शालीन सुपुत्र स्वास्थ्यसेवी, चिकित्सक प्रा. डा. प्रकाशराज रेग्मीको सक्रियतामा स्थापना भएको ’सुकर्म’ गरेवापतको यो पुरस्कारले ममा उर्जा थपिएकोछ भने । 

साहित्य प्रतिष्ठानका संरक्षक तथा मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले आफ्ना पिता कमलराज रेग्मीले गरेको राजनीतिक, सामाजिक र साहित्यिक सेवालाई चिरस्थायी बनाउन पुरस्कार प्रदान गर्दै आएको र पुरस्कारको राशी नगद ५१ हजार, सम्मानपत्र र दोसल्ला रहेको बताए । सोही अवसरमा उनले कमलराज रेग्मी जनमत दर्शन साहित्य पुरस्कारका लागि अक्षय कोष स्थापनाका लागि ३ लाखको चेक मोहन दुवाललाई हस्तान्तरण गरे ।

 साहित्यकार तथा समालोचक प्रा.डा. राम प्रसाद ज्ञवालीले सम्मानित व्यक्तिको चर्चा गर्दै वरिष्ठ साहित्यकार मोहन दुवाल सम्मानित हुँदा हामी आफै सम्मानित भएको जस्तो लाग्छ । पुरस्कार मागेर हैन योगदानको करदर स्वरुप प्राप्त हुने सम्मान हो भन्ने उहाँलाई गरेको सम्मानले प्रष्ट पार्छ । यो सम्मान साहित्यिक क्षेत्रको सम्मान हो । मोहन दुवाल शहर, गाउँदेखि विदेशमा रहेका साहित्यिक अनुरागीहरुको गुरु हुनुहुन्छ । उहाँले साहित्यिक पत्रिकालाई निरन्तरता दिँदै देशका कुना कुना र विदेशमा समेत पत्रिका पुर्‍याएर साहित्यलाई जीवित राख्ने काम गर्नु भएको छ । उहाँले सयौँ पुस्तक निकाल्नुका साथै दर्जनौँ व्यक्तिहरुलाई खोजी खोजी मूल्याङ्कन गर्ने र पुरस्कृत गर्ने गर्नुभएको छ । उहाँले यसरी अरुको सम्मान गरेकै कारण आज आफै सम्मानित हुँनुभएकोछ । उहाँ उद्धार बिचार तथा प्रगतिशील विचारधाराका व्यक्ति हुनुहुन्छ । यो पुरस्कार योग्य व्यक्तिलाई दिँदै हुनुहुन्छ भने । 

प्रतिष्ठानका अध्यक्ष पुष्कर अथक रेग्मीले शिक्षा, स्वास्थ्य तथा कमलराज रेग्मी राष्ट्रिय सुकर्म पुरस्कार हरेक वर्ष शिक्षा, स्वास्थ्य, साहित्य र समाजसेवामार्फत समाजमा विशिष्ट योगदान पु¥याउँदै आएका सृजनशील, कर्मशील व्यक्तित्वहरूलाई दिने गरिएको छ । 

उनले यस अघि प्रतिष्ठानले साहित्यकार झपेन्द्र जिसी, वैद्यराज विश्वमान बज्राचार्य, समाजसेवी राधा भारती, कलाकार अशोक आर्ट, शिक्षाविद् बुद्धिप्रसाद शर्मा र डा.रचेल कारखलाई प्रदान गरिएको बताए । प्रतिष्ठानले यो पुरस्कार विभिन्न अवसर पारेर विगत ७ वर्षदेखि प्रदान गर्दै आइरहेको छ । 

कार्यक्रममा तानसेन गुठीका अध्यक्ष प्रमि श्रेष्ठ, दुर्गा अधिकारी भम्मरकोटे, सरस्वती अर्यालले शुभकामना मन्तव्य दिएका थिए । सोही अवसरमा सम्मानित व्यक्तित्व दुवाल र उनले गर्दै आएको  साहित्यिक गतिविधिका बारेमा मानव अधिकारकर्मी राजु सरकार र वाह जिन्दगी मासिकका सम्पादक तथा साहित्यकार सिर्जना दुवालले तयार पारेको जनमत यात्रा श्रव्य दृश्य प्रस्तुत गरिएको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register