दिल्ली विधानसभा चुनाव : यस्तो छ पछिल्लो मतपरिणाम

काठमाडौं । दिल्ली विधानसभा चुनावको मतगणनाको प्रारम्भिक नतिजा थालेको छ । भारतको निर्वाचन आयोगकाअनुसार भाजपा हाल ४३ सिटमा अगाडि छ । आम आदमी पार्टी भने २७ सिटमा अगाडि रहेको छ । नयाँ दिल्ली विधानसभा सिटमा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल र भाजपाका प्रवेश वर्माबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । पछिल्लो अपडेटअनुसार वर्मा फेरि अगाडि लागेका छन् […]

Feb 8, 2025 - 05:54
 0
दिल्ली विधानसभा चुनाव : यस्तो छ पछिल्लो मतपरिणाम

काठमाडौं । दिल्ली विधानसभा चुनावको मतगणनाको प्रारम्भिक नतिजा थालेको छ ।

भारतको निर्वाचन आयोगकाअनुसार भाजपा हाल ४३ सिटमा अगाडि छ । आम आदमी पार्टी भने २७ सिटमा अगाडि रहेको छ ।

नयाँ दिल्ली विधानसभा सिटमा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल र भाजपाका प्रवेश वर्माबीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।

पछिल्लो अपडेटअनुसार वर्मा फेरि अगाडि लागेका छन् । उनी केजरीवालभन्दा २३८ मतले अगाडि लागेका हुन् ।

हाल दिल्लीमा आतिशीको नेतृत्वमा आम आदमी पार्टीको सरकार छ । उनी हाल कालकाजी सिटमा भाजपाका रमेश बिधुरीभन्दा पछाडि छिन् ।

करावल नगर सिटबाट भाजपा उम्मेदवार कपिल मिश्रा अगाडि छन् ।

दिल्लीमा ७० विधानसभा सिट छ र कुनै पनि दललाई सरकार बनाउन ३६ सिट चाहिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register