एनआरएनए अध्यक्षको उम्मेदवारी दिने घोषणा गरेका थर्क सेन भेटघाटमा व्यस्त

काठमाडौं । मे पहिलो साता काठमाडौँमा हुन गइरहेको एकता महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका बेलायतस्थित एनआरएनए अभियन्ता थर्क सेनले भेटघाट तीव्रता पारेका छन् । युरोप र मध्यपूर्वका कयौं देश घुमेपछि हाल काठमाडौं पुगेका सेनले अग्रज र डेलिगेट्सहरुसंग यसपटक आफूलाई सहयोग गर्न अपिल गरेका छन् । ‘मैले संघमा धेरै पसिना बगाएको छु । संघको […]

Apr 26, 2025 - 09:49
 0
एनआरएनए अध्यक्षको उम्मेदवारी दिने घोषणा गरेका थर्क सेन भेटघाटमा व्यस्त

काठमाडौं । मे पहिलो साता काठमाडौँमा हुन गइरहेको एकता महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका बेलायतस्थित एनआरएनए अभियन्ता थर्क सेनले भेटघाट तीव्रता पारेका छन् ।

युरोप र मध्यपूर्वका कयौं देश घुमेपछि हाल काठमाडौं पुगेका सेनले अग्रज र डेलिगेट्सहरुसंग यसपटक आफूलाई सहयोग गर्न अपिल गरेका छन् । ‘मैले संघमा धेरै पसिना बगाएको छु । संघको गरिमा जोगाउन, नेपाललाई समृद्ध बनाउन र गैर आवासीय नेपालीहरुको सर्वोपरि हितका मलाई एकपटक अवसर दिनुस्’, सेनले भेटघाटमा भनेका छन् ।

एकता महाधिवेशनका लागि डेलिगेट्स बन्न संसारभरिका करिब ३,२०० जनाले आवेदन दिएका छन् भने प्रतिनिधिहरु काठमाडौं आउने क्रम शुरु भइसकेको छ ।

एनआरएनए अभियानमा स्थापनाकालदेखि नै होमिएका सेनले एनआरएनए यूके सदस्य र उपाध्यक्ष एवं केन्द्रमा एनआरएनए आइसीसी सदस्य हुंदै डा. शेष घले पक्षको वरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेका छन् ।

सेनले विभिन्न पदमा बसेर महत्वपूर्ण जिम्मेवारी कुलशतापूर्वक सम्पन्न गरेकाले आफू अध्यक्ष हुन योग्य भएको दावी गरे । सेनले ट्राफिक एण्ड ट्रान्सपोर्ट र स्किल एण्ड नलेज ट्रान्सफर टु बिल्ड द मदरल्याण्ड नेपाल जस्ता टाक्सफोर्स लिड गरेर नेपालमा प्रभावकारी काम गरिसकेको बताए ।

सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनए एकता महाधिवेशन आउंदो मे ३ देखि ५ सम्म (वैशाख २० देखि २२ गते) काठमाडौँमा भौतिक रुपमा हुँदैछ ।

बद्री केसी पक्षले महाधिवेशन रोक्न राजनीतिक नेतृत्वलाई भरपुर दुरुपयोग गरेपनि निर्वाचन कार्यक्रम सार्वजनिक भइसकेको छ ।

निर्वाचन समितिले बुधबार निर्वाचन कार्यक्रम निर्धारण गर्दै वैशाख २१ गते निर्वाचन गराउने गरी कार्यतालिका सार्वजनिक गरेको हो ।

उच्चस्तरिय समितिका संयोजक डा. शेष घलेले सम्मानित सर्वोच्च अदालतको परमादेश, एनआरएनए विधानको मर्म र उच्चस्तरीय समितिद्वारा पारित कार्यविधिको आधारमा एकताको महाधिवेशन आयोजना गर्न गइरहेको बताएका छन् ।

‘हाम्रा बैठकहरूमा नेपाल सरकारका प्रतिनिधिहरू पनि सहभागी भई रहनु भएको छ। त्यसैले वैधानिकताकोबारेमा कुनै शंका छैन। गैर आवासीय नेपाली नागरिकता, लगानी प्रवद्र्धनजस्ता मुद्दाहरूमा नेपाल सरकारसँग दह्रो वार्ता गर्न पनि हामी फुटेर हैन जुटेर अगाडि बढ्नुपर्ने अवस्था छ’- डा घलेले शुक्रबार एक वक्तव्यमा भनेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register