रबिन्द्र मिश्रलाई आज फेरी अदालत लगिदै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाइ आज पनि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइदैछ । यसअघि अदालतले दिएको ३ दिनको म्याद आज सकिने भए पछि म्याद थपका लागि मिश्रलाइ आज अदालतमा लगिन लागेको हो । जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा रहेका मिश्र थुनामा परेको आज भोली एक महिना पुग्दैँछ ।  गत चैत १५ […]

Apr 27, 2025 - 08:43
 0
रबिन्द्र मिश्रलाई आज फेरी अदालत लगिदै

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाइ आज पनि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइदैछ ।

यसअघि अदालतले दिएको ३ दिनको म्याद आज सकिने भए पछि म्याद थपका लागि मिश्रलाइ आज अदालतमा लगिन लागेको हो ।

जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा रहेका मिश्र थुनामा परेको आज भोली एक महिना पुग्दैँछ । 

गत चैत १५ गते काठमाडौं, तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनलाई भड्काएको आरोपमा मिश्रलगायतका सयौं पक्राउ परेका थिए । 

उनी सँगै चैत १५ गते राती पक्राउ परेका राप्रपा महामन्त्री धवलशमशेर राणा भने ‘क्यान्सर बिरामी’ भएकाले गत हप्ता नै छुटिसकेका छन । हाल दिल्लीमा उपचाररत राणा आज स्वदेश फर्कदैछन् ।
 


यसअघि गरिएको ३ दिनको म्याद थप सकिए सँगै आइतबार दिउँसो काठमाडौँ जिल्ला अदालतमा मिश्रलाई उपस्थित गराउन लागिएको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register