नयाँ सरकारी कर्मचारीलाई पेन्सनको सट्टा योगदानमा आधारित सुरक्षा प्रणाली

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयले सबै मन्त्रालय, निकाय तथा सार्वजनिक संस्थाहरुलाई पत्राचार गरी उक्त प्रणाली कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाउन भनेको छ । २०७५ सालदेखि सरकारी कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागू […]

Jul 5, 2025 - 02:49
 0
नयाँ सरकारी कर्मचारीलाई पेन्सनको सट्टा योगदानमा आधारित सुरक्षा प्रणाली

काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयले सबै मन्त्रालय, निकाय तथा सार्वजनिक संस्थाहरुलाई पत्राचार गरी उक्त प्रणाली कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाउन भनेको छ ।

२०७५ सालदेखि सरकारी कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागू भइसकेको भए पनि केही निकायहरूमा अझै पुरानै सुविधा जारि रहेको पाइएको छ । दीर्घकालीन दायित्वको बोझ घटाउन सरकारले नयाँ नीति ल्याएको हो ।

अर्थमन्त्रीस्तरीय असार २० गतेको निर्णयअनुसार यो व्यवस्था लागू गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register