बीपी राजमार्गको बिजोग उस्तै (तस्वीरहरू)

सिन्धुली । गतवर्ष असोज १२ गते रोशी खोला र यसको सहायक झ्याप्ले, लाप्रे लगायतका खोलामा आएको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको अवस्था अहिले पनि नाजुक छ । राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको भकुण्डेबेशीदेखि सिन्धुलीको नेपालथोक खण्डमा अहिले पनि अवस्था जिर्ण छ । यहाँको करिब १२ किमी सडक पूर्णरुपमा क्षतिग्रस्त छ भने करिब ५ किमी सडकमा आंशिक क्षति छ । […]

Jul 5, 2025 - 02:26
 0
बीपी राजमार्गको बिजोग उस्तै (तस्वीरहरू)

सिन्धुली । गतवर्ष असोज १२ गते रोशी खोला र यसको सहायक झ्याप्ले, लाप्रे लगायतका खोलामा आएको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको अवस्था अहिले पनि नाजुक छ ।

राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको भकुण्डेबेशीदेखि सिन्धुलीको नेपालथोक खण्डमा अहिले पनि अवस्था जिर्ण छ ।

यहाँको करिब १२ किमी सडक पूर्णरुपमा क्षतिग्रस्त छ भने करिब ५ किमी सडकमा आंशिक क्षति छ । अहिले मुख्य राजमार्ग बिग्रेको स्थानमा खोलाकै सतहबाट डाइभर्सन गरि सवारीसाधन सञ्चालनमा ल्याइएको छ । तर, यो डाइभर्सन पानी बढी नपरेसम्म सञ्चालन हुने यहाँको भौगोलिक अवस्था हेर्दा प्रष्ट हुन्छ ।

राजमार्गको सुधार गर्नुभन्दा पनि सरकार रातको समय राजमार्गमा सवारी सञ्चालन गर्न रोक लगाउँदै बसेको छ । बिग्रेको राजमार्ग सुधारतर्फ खासै उपलब्धिमुलक काम भएको देखिँदैन ।

भकुण्डेबेसीदेखि नेपालथोक सम्मको करिब ३० किमी सडक खण्डमा रोशी खोलाले आधा भन्दा बढी राजमार्गमा क्षति पुर्‍याएको छ ।

हेरौं तस्वीर –

 

तस्वीरमा हेर्नुहोस्, तंग्रिँदै गरेको भूमेडाँडा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register