काङ्ग्रेसले भन्यो – लिङ्देनले लक्षित गरेका व्यक्ति चैत १५ मा नेपालमै थिएनन्

काठमाडौं । नेपाली काङ्ग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्ति भ्रमपूर्ण र कपोलकल्पित भन्दै खण्डन गरेको छ । लिङ्देनले गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा काङ्ग्रेसका एक सहमहामन्त्रीका छोरालाई प्रहरीले पक्राउ गरेको तर गृहमन्त्रीको आदेशले छाडिएको दाबी गरेका थिए । काङ्ग्रेसका केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले विज्ञप्ति […]

Apr 28, 2025 - 06:35
 0
काङ्ग्रेसले भन्यो – लिङ्देनले लक्षित गरेका व्यक्ति चैत १५ मा नेपालमै थिएनन्

काठमाडौं । नेपाली काङ्ग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्ति भ्रमपूर्ण र कपोलकल्पित भन्दै खण्डन गरेको छ ।

लिङ्देनले गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा काङ्ग्रेसका एक सहमहामन्त्रीका छोरालाई प्रहरीले पक्राउ गरेको तर गृहमन्त्रीको आदेशले छाडिएको दाबी गरेका थिए ।

काङ्ग्रेसका केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले विज्ञप्ति जारी गर्दै त्यस दिन समातिएका भनिएका व्यक्ति नेपालमै नरहेको दाबी गर्दै आफ्ना अवाञ्छित क्रियाकलाप र लुटपाट ढाकछोप गर्न लिङ्देनले दिएको अभिव्यक्तिको घोर भर्त्सना र निन्दा गरे ।

लिङ्देनलाई आफ्नो पद र संसद्‌समेतको गरिमालाई ध्यानमा राख्न काङ्ग्रेसले आग्रह गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register