कमल थापा भन्छन् – राजसंस्था ल्याउन अन्तिम धक्काको मात्र आवश्यकता छ

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनताले राजसंस्था खोजिरहेको दाबी गरेका छन् । काठमाडौंको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्र पक्षधरको असफलता र हिन्दूराष्ट्रको विचारको लोकप्रियताको कारण जनताले यो व्यवस्थाको विकल्प खोजिरहेको बताए । उनले भने, “माहोल तयार भइरहेको छ । अन्तिम धक्काको मात्र आवश्यकता छ । एकातिर अनुकूल अवसर र अर्कातर्फ गणतन्त्र पक्षधरले […]

Apr 28, 2025 - 10:59
 0
कमल थापा भन्छन् – राजसंस्था ल्याउन अन्तिम धक्काको मात्र आवश्यकता छ

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनताले राजसंस्था खोजिरहेको दाबी गरेका छन् ।

काठमाडौंको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्र पक्षधरको असफलता र हिन्दूराष्ट्रको विचारको लोकप्रियताको कारण जनताले यो व्यवस्थाको विकल्प खोजिरहेको बताए ।

उनले भने, “माहोल तयार भइरहेको छ । अन्तिम धक्काको मात्र आवश्यकता छ । एकातिर अनुकूल अवसर र अर्कातर्फ गणतन्त्र पक्षधरले राज्य शक्तिको दुरुपयोग गरिरहेको छ । हिन्दूराष्ट्र र राजतन्त्र कहिले उठ्न नसक्नेगरी दमन गर्ने काममा लागिरहेको छ ।”

पूर्वराजालाई बदनाम गर्न सरकार लागिपरेको थापाको भनाइ छ । सरकारको दमनमा चुप लागेर बसे हेपिने उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register