आन्दोलनरत पक्षलाई वार्तामा आउन पाथीभरा देवी दर्शन केबलकार कम्पनीको आह्वान

काठमाडौं । पाथीभरा देवी दर्शन केवलकार कम्पनीले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले यस्तो आह्वान गरेको हो । गत हप्ता काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत पाथीभरामा निर्माणाधीन केबरकारसँग सम्बन्धित स्थानीयवासीका सरोकारका केही विषयमा पहिचानका लागि युवालगायत विभिन्न स्थानीय संघ/संस्थाले वार्ता तथा छलफलबाट समाधान […]

Apr 28, 2025 - 15:20
 0
आन्दोलनरत पक्षलाई वार्तामा आउन पाथीभरा देवी दर्शन केबलकार कम्पनीको आह्वान

काठमाडौं । पाथीभरा देवी दर्शन केवलकार कम्पनीले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले यस्तो आह्वान गरेको हो ।

गत हप्ता काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत पाथीभरामा निर्माणाधीन केबरकारसँग सम्बन्धित स्थानीयवासीका सरोकारका केही विषयमा पहिचानका लागि युवालगायत विभिन्न स्थानीय संघ/संस्थाले वार्ता तथा छलफलबाट समाधान निकाल्ने र परियोजना निर्माणमा सहज वातावरण बनाउन सम्बद्ध सबै पक्षसँग आग्रह गरिएकोमा कम्पनीले त्यसलाई सकारात्मक रुपमा लिएको बताएको छ ।

कम्पनीले सधैँ स्थानीयको माग र सरोकारलाई उच्च सम्मान गर्दै आएको जानकारी गराउँदै त्यहाँका स्थानीय धर्म, संस्कृति, पहिचान र सभ्यताको जगेर्ना गर्ने स्पष्ट पारेको छ । उल्लेखित विषको प्रवद्र्धन गर्न कम्पनीको तर्फबाट यथासक्य सहयोग रहने प्रतिवद्धता व्यक्त गरेको छ ।

कम्पनीले सरकारको मापदण्डअनुसार वातावणीय प्रभाव मूल्याङ्गनलगायत सम्पूर्ण सरकारी प्रकृया पूरा गरेर परियोजना निर्माणको क्रममा रहेको जानकारी दिएको छ । यस्तै स्थानीय कला, संस्कृति, पहिचान र धार्मिक परम्परा बमोजिम परियोजना निर्माण गर्ने र आवश्यकताअनुसार स्थानीय जनप्रतिनिधि तथा सबै सरोकारवालासँग वार्ता, छलफल तथा समन्वय गरी अगाडि बढ्ने जानकारीसमेत गराएको छ ।

‘हामीलाई विश्वास छ, वार्ता तथा सम्वादबाट जुनसुकै समस्याको पनि समाधान निस्कन सक्छ । हामी केबलकार निर्माणमा देखिएका विषयहरूलाई लिएर पहिचानका लागि स्थानीय युवाले वार्ता र सम्वादका लागि गरेको आग्रहलाई सकारात्मक रुपमा लिन्छौ र यस विषयमा वार्ता तथा सम्वादमा बस्न तयार छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register