‘लोडसेडिङ हुँदैन’ भन्दै उद्योगहरुमा १२ घण्टा लोडसेडिङ, उद्योगीले फेरि बढाए सिमेन्ट र डन्डीको भाउ ! 

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ‘अब लोडसेडिङ हुँदैन’ भने पनि उद्योगहरुमा भने १२ घण्टासम्म लोडसेडिङ भइरहेको पाइएको छ । १२ घण्टासम्म लोडसेडिङ भएपछि उद्योगीहरुले सिमेन्ट र डन्डीको भाउ बढाएका छन् ।  उद्योगीहरुले गत चैत १५ गते सिमेन्टको मूल्य प्रतिबोरा २० रुपैयाँ र डन्डीको मूल्य प्रतिकिलो ८ देखि १० रुपैयाँले घटाए पनि […]

Apr 29, 2025 - 04:05
 0
‘लोडसेडिङ हुँदैन’ भन्दै उद्योगहरुमा १२ घण्टा लोडसेडिङ, उद्योगीले फेरि बढाए सिमेन्ट र डन्डीको भाउ ! 

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ‘अब लोडसेडिङ हुँदैन’ भने पनि उद्योगहरुमा भने १२ घण्टासम्म लोडसेडिङ भइरहेको पाइएको छ । १२ घण्टासम्म लोडसेडिङ भएपछि उद्योगीहरुले सिमेन्ट र डन्डीको भाउ बढाएका छन् । 

उद्योगीहरुले गत चैत १५ गते सिमेन्टको मूल्य प्रतिबोरा २० रुपैयाँ र डन्डीको मूल्य प्रतिकिलो ८ देखि १० रुपैयाँले घटाए पनि हाल भने सिमेन्टको मूल्य फेरि बढाएका छन् । 

यसअघिसम्म प्रतिबोरा ७ सय ५० रुपैयाँ पर्ने ओपीसी सिमेन्टको मूल्य बढाएर उद्योगीहरुले हाल प्रतिबोरा ७ सय ७१ रुपैयाँ सम्म पुर्याएका छन् । केहीले भने सो भन्दा पनि महँगो मूल्यमा सिमेन्ट बेचिरहेको निर्माण व्यवसायीहरुले बताएका छन् । निर्माण व्यवसायीका अनुसार प्रतिकिलो ८८ रुपैयाँ पर्ने डन्डीको मूल्य पनि प्रतिकिलो ९४ रुपैयाँ पुर्याइएको छ । 

एक महिनाअघि मात्रै घटाइएको सिमेन्ट र डन्डीको मूल्य बढ्नुमा उद्योगीहरुले लोडसेडिङको बाहना बनाएका छन् । उनीहरुले लोडसेडिङ बढी हुँदा उत्पादन गर्न नपाएको दाबी गरेका छन् । तर, निर्माण व्यवसायीहरुले भने हाल सिमेन्ट र डन्डीमा भएको मूल्यवृद्धिलाई कार्टेलिङ भनेका छन् । 

उद्योगीले १२ घण्टा उद्योगमा लोडसेडिङ छ भन्दा पनि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने लोडसेडिङको हल्ला गलत भएको दाबी गरेका छन् । यसले सिमेन्ट र डन्डीको मूल्यवृद्धिमा कार्टेलिङ गरिएको छ भन्ने शंकालाई थप बल दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register