अंग्रेजी, कोरियन वा जापानी भाषा सिक्दै हुनुहुन्छ ? गुगलका यी एआई टुल प्रयोग गर्नुहोस्
काठमाडौँ । गुगलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित तीन ओटा टुल सार्वजनिक गरेको छ । नयाँ भाषा सिक्न सहयोग पु‍र्‍याउने उद्देश्यसहित कम्पनीले यी टुलहरू गुगल ल्याब्समार्फत सार्वजनिक गरेको हो । हाल प्रारम्भिक परीक्षण चरणमा रहेका यी टुलहरू प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न सक्नेछन् । अनलाइन प्लेटफर्मबाट भाषा सिकाउने डुओलिङ्गो जस्ता एपसँग प्रतिस्पर्धा गर्न गुगलले यी टुल ल्याएको बताइएको छ । गुगलले सार्वजनिक गरेका तीन ओटा नयाँ मोडेलमध्ये एउटा हो ‘टाइनी लेसन’ (Tiny Lesson) ।&n...

What's Your Reaction?






