युवाका मुद्दाहरू समेटिएको विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदनमाथि छलफल

काठमाडौं । युवा क्षेत्रमा क्रियाशील संस्था युवालयले नेपालभरका युवाका अधिकार र सरोकार समेटेर तयार पारेको विश्वव्यापी आवधिक समीक्षा (यूपिआर) प्रतिवेदनमाथि काठमाडौंमा छलफल भएको छ । सातै प्रदेशमा पुगेर प्लान इन्टरनेशनल नेपालको सहयोग तथा ५० बढी गैरसंस्थाहरुको एक्यवद्धतामा युवालयले प्रतिवेदन तयार पारेर सरोकारवालासँग राय तथा सुझाव लिइएको हो । संयुक्त राष्ट्रसंघ (यूएन) अन्तर्गतको मानवअधिकार परिषद्का लागि […]

Jun 20, 2025 - 14:44
 0
युवाका मुद्दाहरू समेटिएको विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदनमाथि छलफल

काठमाडौं । युवा क्षेत्रमा क्रियाशील संस्था युवालयले नेपालभरका युवाका अधिकार र सरोकार समेटेर तयार पारेको विश्वव्यापी आवधिक समीक्षा (यूपिआर) प्रतिवेदनमाथि काठमाडौंमा छलफल भएको छ ।

सातै प्रदेशमा पुगेर प्लान इन्टरनेशनल नेपालको सहयोग तथा ५० बढी गैरसंस्थाहरुको एक्यवद्धतामा युवालयले प्रतिवेदन तयार पारेर सरोकारवालासँग राय तथा सुझाव लिइएको हो । संयुक्त राष्ट्रसंघ (यूएन) अन्तर्गतको मानवअधिकार परिषद्का लागि पहिलोपटक युवासम्बन्धी विषयवस्तुमा यस्तो समग्र प्रतिवेदन तयार गरिएको युवालयले जनाएको छ ।

युवालयका अध्यक्ष धर्मराज रिमालका अनुसार प्रतिवेदनमा सातै प्रदेशका युवाको मानवअधिकार अवस्था, स्वास्थ्य, शिक्षा, रोजगारी, जलवायु परिवर्तनलगायतका चुनौतीका विषय समेटिएका छन् । “मधेसदेखि कर्णाली र सुदूरपश्चिमसम्मका युवाका समस्या र अवस्था प्रतिवेदनमा समेटेका छौँ,” अध्यक्ष रिमालले बताए ।

उनका अनुसार बालविवाह, मानसिक स्वास्थ्य, रोजगार अभाव, तथा जलवायु परिवर्तनजस्ता मुद्दा प्रमुख रूपमा उठान गरिएको छ ।

दुई महिनाको अध्ययन र छलफलपछि तयार गरिएको उक्त प्रतिवेदनमा १८ देखि ३० वर्ष उमेर समूहका युवाहरूका अनुभव, समस्या र सिफारिस समेटिएको छ ।

कार्यक्रममा मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले युवाको आवाज र अधिकारका मुद्दा अझ प्रस्ट र सशक्त प्रतिवेदन आवश्यक रहेको सुझाव दिए। त्यस्तै, राष्ट्रिय युवा परिषद्का उपसचिव चन्दा थापाले प्रतिवेदन सुधार र थप विषय समेट्न सुझाव राखे ।

संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रसंघले हरेक साढे चार वर्षमा मानवअधिकारको अवस्थामाथि गरिने समीक्षालाई ‘विश्वव्यापी आवधिक समीक्षा यूपिआर’ भनिन्छ । सन् २००६ मा स्थापना भएको संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्का लागि नेपालबाट ३०० भन्दा बढी गैरसरकारी संस्था मिलेर संयुक्त प्रतिवेदन तयार पार्ने गरिन्छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register