सीमा हैदर पाकिस्तान फर्किनु पर्नेछ ? यसो भन्छन् उनका वकिल

काठमाडौं । जम्मू-कश्मीरस्थित पहलगाममा हालै भएको आतङ्कवादी हमलापछि भारतले पाकिस्तानी नागरिकहरूलाई देश निकाला गर्ने आदेश दिएको छ । पाकिस्तानबाट भारत आएकी सीमा हैदरको मुद्दामा यो आदेशले कस्तो प्रभाव पार्नेछ ? उनका वकिल एपी सिंहले यसबारे प्रतिक्रिया दिएका छन् । सिंहले भने, “सीमा हैदरले भारत आएर कानुनी रूपमा हिन्दू धर्म अपनाए, त्यसपछि सचिनसँग पूर्ण संस्कारका साथ […]

Apr 30, 2025 - 11:04
 0
सीमा हैदर पाकिस्तान फर्किनु पर्नेछ ? यसो भन्छन् उनका वकिल

काठमाडौं । जम्मू-कश्मीरस्थित पहलगाममा हालै भएको आतङ्कवादी हमलापछि भारतले पाकिस्तानी नागरिकहरूलाई देश निकाला गर्ने आदेश दिएको छ ।

पाकिस्तानबाट भारत आएकी सीमा हैदरको मुद्दामा यो आदेशले कस्तो प्रभाव पार्नेछ ? उनका वकिल एपी सिंहले यसबारे प्रतिक्रिया दिएका छन् ।

सिंहले भने, “सीमा हैदरले भारत आएर कानुनी रूपमा हिन्दू धर्म अपनाए, त्यसपछि सचिनसँग पूर्ण संस्कारका साथ विवाह गरिन् । अदालतको आदेशमा सीमा हैदर आफ्नो भारतीय पतिको घरमा बसिरहेकी छन् । सीमा हैदरको निवेदन राष्ट्रपतिसमक्ष विचाराधीन छ । सीमा आजसम्म आफ्नो घरबाहेक कतै गएकी छैनन् ।”

एपी सिंहले थपे, “पहलगाम घटनाको एक दिन अघि उनीहरूको तेस्रो छोरीलाई डेङ्गु भएको थियो । श्रीमान्-श्रीमती दुवै आफ्नी छोरीसँग अस्पतालमा छन् । यसलाई पहलगामको दु:खद् घटनासँग जोड्नु पूर्णतया गलत हो । जसले यस्तो गरिरहेका छन्, उनीहरूले सीमा हैदरको अवस्था हेर्नुपर्छ, उनी अब भारतकी बुहारी हुन् ।”

सीमा मे २०२३ मा नेपाल हुँदै भारत प्रवेश गरेकी थिइन् । त्यो पनि उनका चार छोराछोरीसँगै । सीमा सामाजिक सञ्जालमार्फत यूपीको ग्रेटर नोएडा निवासी सचिन मीनासँग प्रेममा परेकी थिइन् । उनले आफ्नो नाम सीमा हैदरबाट सीमा मीना राखिन्, हिन्दू धर्म अपनाए र हिन्दू रीतिरिवाज अनुसार विवाह गरिन् ।

सीमालाई पहिले नोएडा प्रहरीले र त्यसपछि एटीएसले भिसा बिना अवैध रूपमा भारत प्रवेश गरेको आरोपमा पक्राउ गरेको थियो । सोधपुछपछि गुप्तचर एजेन्सीहरूबाट प्राप्त जानकारीलाई ध्यानमा राख्दै उनलाई जमानतमा रिहा गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register