दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । दोस्रो पटक दर्ता गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले शुक्रबार उनलाई रिहा गर्न निर्देशन दिएको हो । प्रसाईंले आफू साइबर अपराधको मुद्दामा धरौटीमा रिहा भइसके पनि प्रहरीले दुःख दिने मनसायले पुनः पक्राउ गरेको […]

Dec 20, 2024 - 11:44
 0
दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।

दोस्रो पटक दर्ता गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले शुक्रबार उनलाई रिहा गर्न निर्देशन दिएको हो ।

प्रसाईंले आफू साइबर अपराधको मुद्दामा धरौटीमा रिहा भइसके पनि प्रहरीले दुःख दिने मनसायले पुनः पक्राउ गरेको भन्दै साधारण तारेखमा रिहा गर्न माग गरेका थिए ।

उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाएको आरोपमा पक्राउ गरिएको थियो ।

यसअघि अदालतले साइबर अपराध मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएपछि व्यापारी धम्क्याएको आरोपमा अदालतबाट अर्को पक्राउ पुर्जी जारी गरी उनलाई पुनः पक्राउ गरिएको थियो ।

सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै प्रसाईं अब रिहा हुने भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register