लन्डनमा हराइरहेका नेपाली विद्यार्थीसंग मिल्दो शव भेटियो, पुष्टि हुन बाँकी

लन्डन- लन्डन महानगरीय प्रहरीले गत सातादेखि हराइरहेका एक नेपाली विधार्थीसँग मिल्दोजुल्दो शव भेटेको छ ।   रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१२ का स्थायी बासिन्दा सुशान ओलीसँग मिल्ने शव  थेम्स नदीमा फेला परेको हो । सुशान पछिल्लो एक वर्षदेखि बेलायतको कोभेन्ट्री विश्वविद्यालयमा अध्ययनरत थिए। उनी बिजनेश म्यानेजमेन्ट एन्ड लिडरसीप कोर्समा ब्याचलर्स पढ्न यूके आएका थिए ।   […]

Apr 30, 2025 - 13:12
 0
लन्डनमा हराइरहेका नेपाली विद्यार्थीसंग मिल्दो शव भेटियो, पुष्टि हुन बाँकी

लन्डन- लन्डन महानगरीय प्रहरीले गत सातादेखि हराइरहेका एक नेपाली विधार्थीसँग मिल्दोजुल्दो शव भेटेको छ ।  

रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१२ का स्थायी बासिन्दा सुशान ओलीसँग मिल्ने शव  थेम्स नदीमा फेला परेको हो ।

सुशान पछिल्लो एक वर्षदेखि बेलायतको कोभेन्ट्री विश्वविद्यालयमा अध्ययनरत थिए। उनी बिजनेश म्यानेजमेन्ट एन्ड लिडरसीप कोर्समा ब्याचलर्स पढ्न यूके आएका थिए ।  

कोभेन्ट्री विश्वविद्यालयमै अध्ययनरत यूके नेपाली स्वतन्त्र विद्यार्थी समाजका सभापति विप्लव खड्काले लण्डन मेट्रोपोलिटन प्रहरीले अनुसन्धानका क्रममा एक शव फेला परेको पुष्टि गरेको जनाए । 

‘हाम्रो समाजका सदस्यहरूले उपलब्ध गराएको महत्वपूर्ण सूचनाका आधारमा एक शव फेला परेको पुष्टि गरिएको छ। उक्त जानकारी सुशान ओलीको परिवारलाई औपचारिक रूपमा दिइसकिएको छ। हालसम्म शवको पहिचान (सनाखत) प्रक्रिया पूरा भइसकेको छैन र अनुसन्धान जारी रहेको जानकारी प्राप्त भएको छ ।’ 

खड्काले यस सम्बन्धमा लन्डनस्थित नेपाली दूतावाससँग पनि सहकार्य भइरहेको जनाए।

दूतावासले बेलायती प्रहरीले थेम्स किनारमा फेला परेको एक शव ओलीको हुन सक्ने आशंकमा अनुसन्धान भइरहेको जानकारी दिएको छ । नेपालबाट सुशानको औंठा छाप रेकर्ड मगाएर उक्त शव उनको भए नभएको पुष्टि गरिने जानकारी प्रहरीले दूतावासलाई गराएको दूतावासका प्रवक्ता एवम् उपनियोग प्रमुख विपिन दुवाडीले नेपालीलिंकलाई बताए। 

यसअघि सुशानको मोबाइल, पर्स, पासपोर्ट पनि थेम्स नदीको पुलनजिक फेला परेकाले नदीमा भेटिएको शब उनको हुन सक्ने प्रहरीले ठानेको हो ।

सुशान अघिल्लो सोमबारदेखि सम्पर्कविहीन भएका थिए ।  प्रहरीले लन्डन वाटरलु नजिक उनको पर्स र पासपोर्ट फेला पारेपछि खोज्दै उनी बस्ने डेगेनहाम हीथवे नजिक घर पुगेको थियो । त्यसपछि प्रहरीले कोभेन्ट्री विश्वविद्यालय पढ्ने नेपाली विधार्थीसँग सम्पर्क गरेको खड्काले जनाए ।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register