प्रधानमन्त्री ओलीलाई एकीकृत समाजवादीको १३ बुँदे ज्ञापनपत्र

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारको आगामी नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न १३ बुँदे माग राखेको छ । अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू बुधबार बालुवाटार पुगेर मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । बजेटमा कृषि, उद्योग, शिक्षा, पर्यटन, सूचना–प्रविधि, पूर्वाधारदेखि रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन गर्नुपर्नेलगायत माग राखेका छन् । एकीकृत समाजवादीले […]

Apr 30, 2025 - 13:13
 0
प्रधानमन्त्री ओलीलाई एकीकृत समाजवादीको १३ बुँदे ज्ञापनपत्र

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारको आगामी नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न १३ बुँदे माग राखेको छ ।

अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू बुधबार बालुवाटार पुगेर मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।

बजेटमा कृषि, उद्योग, शिक्षा, पर्यटन, सूचना–प्रविधि, पूर्वाधारदेखि रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन गर्नुपर्नेलगायत माग राखेका छन् ।

एकीकृत समाजवादीले विदेश नीतिबारे पनि एउटा बुँदा समेटेको छ ।

‘संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलका सिद्धान्त र हाम्रो संविधानका आधारमा समग्र विदेश सम्बन्धको पुनरावलोकन गरौँ,’ जसमा भनिएको छ, ‘राष्ट्रिय पुँजीको विकास गर्दै समृद्ध तथा समाजवादी नेपालको निर्माणका आवश्यकताअनुसार द्विपक्षीय, बहुपक्षीय र अन्तरराष्ट्रिय सम्बन्धको मार्गचित्र निर्माण गरौँ ।’

समयको मागलाई दृष्टिगत गरेर पार्टीले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ नाराका साथ मुलुकका सामु १३ बुँदे प्रस्तावलाई अगाडि सारेकाे एकीकृत समाजवादीले जनाएकाे छ ।

‘हाम्रो अपमानपूर्ण इतिहासलाई बदल्न, हाम्रो राजनीतिका नालायकीबाट शिक्षा लिन, बरालिएको राजनीतिलाई राष्ट्र निर्माणमा फर्काउन र लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धि र समाजवादका आधार तयार गर्ने एउटा सार्थक राजनीतिका लागि ढिलो भइसकेको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘त्यसबाट आजको राजनीतिक अस्थीरता, अन्योल, निराशा, उकुसमुकुस र आक्रोश उत्पन्न भइरहेको छ । समयको यही मागलाई दृष्टिगत गरेर हाम्रो पार्टीले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ नाराका साथ मुलुकका सामु यी प्रस्तावलाई अगाडि सारिएको हो ।’

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register