म्याग्दी बहुमुखी क्याम्पसमा सूचना तथा प्रविधि सम्बन्धी सेमिनारप्रताप बानियाँ

म्याग्दी। कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) गण्डकी प्रदेशको आयोजना र जिल्ला शाखा म्याग्दीको सहजीकरण बिहीबार सूचना तथा प्रविधि सम्बन्धी विषयमा सेमिनार सम्पन्न भएको छ । क्यानको आयोजना तथा म्याग्दी बहुमुखी क्याम्पस र एमएमसी आईसिटी क्लबको समन्वयमा सेमिनार तथा गोष्ठी गरिएको हो । ‘सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा प्रविधि […]

May 1, 2025 - 17:21
 0
म्याग्दी बहुमुखी क्याम्पसमा सूचना तथा प्रविधि सम्बन्धी सेमिनारप्रताप बानियाँ

म्याग्दी।

कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) गण्डकी प्रदेशको आयोजना र जिल्ला शाखा म्याग्दीको सहजीकरण बिहीबार सूचना तथा प्रविधि सम्बन्धी विषयमा सेमिनार सम्पन्न भएको छ । क्यानको आयोजना तथा म्याग्दी बहुमुखी क्याम्पस र एमएमसी आईसिटी क्लबको समन्वयमा सेमिनार तथा गोष्ठी गरिएको हो ।

‘सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा प्रविधि दिवस मे २ तारिखको पूर्वसन्ध्याको अवसर पारेर कार्यक्रम गरिएको आयोजकले जनाएका छन् । सूचना, सञ्चार तथा प्रविधिको क्षेत्रमा पछिल्लो समय भैरहेका परिवर्तनहरु, आर्टिफिसियल इन्टिलिजेन्ट (एआई)को प्रयोग, यसले दिने विभिन्न सूचना र विषयहरुको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको जनाइएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै क्यान महासंघ नेपालका केन्द्रीय सदस्य चिन्तामणि बाँस्तोलाले पछिल्लोपटक धेरै प्रयोग भैरहेको एआई, साईबर सुरक्षा र एआई अन्तर्गतका विभिन्न टुल्सको सन्दर्भमा देशका विभिन्न जिल्लाहरुमा पुगेर महासंघमार्फत कार्यक्रम सञ्चालन गर्ने गरिएको बताउनुभयो । उहाँले एआईको प्रयोगमार्फत काम छिटो, सहज र प्रभावकारी सम्पन्न गर्न सहयोग पुग्ने भए पनि यसको विश्वसनीयताको विषयमा सबैले बुझ्न आवश्यक रहेकोमा जोड दिँदै नेपालमा एआईको प्रयोग र यससम्बन्धी नीति नियमको बारेमा बुझाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा आफ्नो प्रस्तुतीकरण गर्र्दै काठमाडौं विश्वविद्यालयका प्राध्यापक डाक्टर मनोज शाक्यले एआईको प्रयोग मोबाइललगायत इलेक्ट्रोनिक सामानहरु तथा सामाजिक सञ्जालहरुमा भैरहेको जानकारी दिनुभयो । उहाँले कम्प्युटर तथा ल्यापटपमा एआई सिस्टमले गेम खेल्ने र खेलाउने हुँदा कतिपय अवस्थामा च्याम्पियन खेलाडीहरुलाई समेत जित्न सक्ने भन्दै पछिल्लो समय एआईको प्रयोग बढेकाले यो शक्तिशाली बन्दै गैरहेको धारणा व्यक्त गर्नुभयो । एआई सिस्टमले कहिल्यै पनि हन्डे«ट प्रतिशत मिल्ने उत्तर दिन नसक्ने बताउँदै प्राध्यापक डा. शाक्यले एआईले कहिलेकाहीँ जस्ताको तस्तै बोलिदिने र लेखिदिने भए पनि त्यो गलत पनि हुन सक्ने बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रीधर सुवेदीले सूचना र प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि क्याम्पसमा शिक्षा सङ्काय अन्तर्गत बिआईसिटीको कक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले शैक्षिक उन्नयनको एक थलोको रुपमा रहेको म्याग्दी क्याम्पसलाई बिआईसिटी कार्यक्रममार्फत सूचना र प्रविधिमा जनशक्ति उत्पादन गर्ने गरी अगाडि बढाइएको भन्दै यसका लागि क्याम्पसले विभिन्न प्रकृतिका तालिम, गोष्ठी, सेमिनार तथा कार्यक्रमहरु निरन्तर रुपमा आयोजना गर्दै आइरहेको बताउनुभयो ।

क्यान गण्डकी प्रदेशका अध्यक्ष गुणनीधि पाण्डेले महासंघमार्फत हरेक वर्ष आईसिटी डेको अवसर पारेर केन्द्र, प्रदेश र जिल्लाहरुमा सूचना, प्रविधि सम्बन्धी कार्यक्रमहरु आयोजना गर्ने गरिएको बताउनुभयो । कार्यक्रममा क्यान कास्की शाखाका कार्यसमिति सदस्य दिपकराज गिरीले मन्तव्य व्यक्त गर्नुभएको थियो भने म्याग्दी बहुमुखी क्याम्पसको आईसिटी क्लब अध्यक्ष शेरबहादुर सुनारले च्याट जिपिटी प्रयोग बारेको अनुभव सुनाउनुभयो ।

क्यान गण्डकीका उपाध्यक्ष बामदेव रिजालको सञ्चालनमा सम्पन्न कार्यक्रममा एआईका टुल्सहरु च्याट जिपिटीलगायत टुल्सको बढ्दो प्रयोग तथा यसले पार्ने प्रभावका बारेमा चिन्तन गरिएको थियो । साथै एआई, रोबर्ट र जिपिटबाट मानिसको दैनिकीमा पार्ने प्रभाव तथा उपायको बारेमा समेत अन्तत्र्रिmया र छलफल गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register