अब गण्डकी प्रदेश आफैँले लाइसेन्स छाप्ने, राइड सेयरिङको नियमन गर्ने

काठमाडौं । अब गण्डकी प्रदेश सरकारले आफैं सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ गर्ने भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री टकराज गुरुङले आइतबार प्रदेशसभामा आर्थिक वर्ष २०८२–८३ को बजुट प्रस्तुत गर्दै यसको जानकारी दिएका हुन् । प्रदेशमै लाइसेन्स छपाइ गर्न आगामी आर्थिक वर्षका लागि सरकारले आगामी १० करोड रुपैयाँ विनियोजन गरेको उनले बताए । ‘यातायात […]

Jun 15, 2025 - 13:35
 0
अब गण्डकी प्रदेश आफैँले लाइसेन्स छाप्ने, राइड सेयरिङको नियमन गर्ने

काठमाडौं । अब गण्डकी प्रदेश सरकारले आफैं सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ गर्ने भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री टकराज गुरुङले आइतबार प्रदेशसभामा आर्थिक वर्ष २०८२–८३ को बजुट प्रस्तुत गर्दै यसको जानकारी दिएका हुन् ।

प्रदेशमै लाइसेन्स छपाइ गर्न आगामी आर्थिक वर्षका लागि सरकारले आगामी १० करोड रुपैयाँ विनियोजन गरेको उनले बताए ।

‘यातायात क्षेत्र सुधारका लागि अधिकतम् प्रविधिको प्रयोग गरिने छ,’ मन्त्री गुरुङले भने, ‘सवारी साधन करलाई विद्युतीय माध्यमबाट भुक्तानी गर्न व्यवस्था मिलाउनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।’

स्वदेशी एपलाई प्राथमिकता दिइए यात्रुलाई सुरक्षाको प्रत्याभूति गर्न राइड सेयरिङ र सेल्फ ड्राइभिङलाई प्रभावकारी रुपमा नियमन तथा व्यवस्थापन गरिने बजेटमा उल्लेख गरिएको छ ।

यस्तै गण्डकी प्रदेश सरकारले जेष्ठ नागरिक, र अपांगता भएकालाई सवारी भाडामा छुट दिने निर्णयसमेत गरेको छ ।

गण्डकी सरकारले जेष्ठ नागरिक र अपांगता भएकालाई सवारी भाडामा छुट दिने

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register