सिद्धार्थनगरमा कुकुर आतङ्क : एक महिनामै ४०० भन्दा बढी घाइते

बुटवल । सिद्धार्थनगर नगरपालिका वडा न. १ का १० वर्षीय आर्यन बर्मा विद्यालयको वार्षिक परीक्षा दिएर फुर्सदिला थिए । साथीभाइहरूसँग आफ्नै घर नजिक खेल्नु उनको बिदाको दैनिकी थियो । खेलिरहेका उनलाई साँझपख छाडा कुकुरको समूहले लखेट्यो । कुकुरको आक्रमणबाट बच्न भागेका उनलाई एउटा कुकुरले झम्टियो । कुकुरले खुट्टा टोकेर उनलाई लडायो । घाइते बर्मालाई स्थानीयले उद्धार […]

May 3, 2025 - 08:23
 0
सिद्धार्थनगरमा कुकुर आतङ्क : एक महिनामै ४०० भन्दा बढी घाइते

बुटवल । सिद्धार्थनगर नगरपालिका वडा न. १ का १० वर्षीय आर्यन बर्मा विद्यालयको वार्षिक परीक्षा दिएर फुर्सदिला थिए । साथीभाइहरूसँग आफ्नै घर नजिक खेल्नु उनको बिदाको दैनिकी थियो । खेलिरहेका उनलाई साँझपख छाडा कुकुरको समूहले लखेट्यो । कुकुरको आक्रमणबाट बच्न भागेका उनलाई एउटा कुकुरले झम्टियो । कुकुरले खुट्टा टोकेर उनलाई लडायो । घाइते बर्मालाई स्थानीयले उद्धार गरेर अस्पताल पुर्‍याए ।

पसलमा दूध किन्न जाँदा सिद्धार्थनगर ८ कै २१ वर्षीय रियान रेग्मी पनि कुकुरको टोकाइबाट बच्न सकेनन् । ‘पसलमा दूध किनेर फर्किँदै थिएँ । एउटा  कुकुरले मैले बोकिरहेको झोला च्यापेर थुत्यो । अर्कोले हातमा टोकिदियो,’ उनले भने ।

उनी अहिले रेबिजको खोप लगाउन अस्पताल धाइरहेका छन् । कुकुरको टोकाइबाट पीडित अर्की पात्र हुन् सिद्धार्थनगर-६ की राधिका पाण्डे । सिद्धार्थनगरमा गत चैतमा मात्रै कुकुरको टोकाइबाट पीडितहरूको सङ्ख्या ४ सय ३३ पुगेको छ

भीम अस्पताल भैरहवाका सूचना अधिकारी डा.आसिफ हुसेनका अनुसार गत चैत्र महिनादेखि हालसम्म ४ सय ३३ जना कुकुरको टोकाइबाट रेबिज विरुद्धको खोप लगाएका छन्। सिद्धार्थनगर रुपन्देही जिल्लाको सदरमुकाम पनि हो । धेरै सरकारी कार्यालयहरू भैरहवा क्षेत्रमा पर्ने भएकाले पनि मानिसहरूको दैनिक बाक्लो चहलपहल हुने गर्छ ।

नेपाल-भारत स्थलमार्गअन्तर्गत बेलहिया नाका हुँदै दैनिक सयौँ पर्यटकरू आवतजावत गर्ने एकमात्र सीमा पनि हो भने गौतम बुद्ध अन्तर्राष्ट्रिय  विमानस्थल । कुकुरहरूको त्रासदी स्थानीयलाई मात्र होइन, छिमेकी पालिकाका व्यक्ति हवाई र स्थल मार्ग हुँदै नेपाल घुम्न आउने पर्यटकका लागि पनि उत्तिकै छ ।

कुकुरको बिगबिगीका कारण भैरहवा क्षेत्रका होटल तथा रेस्टुरेन्टमा खाजा, खाना र बास बस्न आउने स्थानीय र बाह्य पर्यटकलाई गन्तब्यसम्म पुग्न झन् कठिन भएको होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद पोख्रेल बताउँछन् । ‘सामुदायिक कुकुरको बिगबिगीका कारण भैरहवा क्षेत्रका होटल तथा रेस्टुरेन्टमा खाजा, खाना र बास बस्न आउने स्थानीय र बाह्य पर्यटकलाई गन्तब्यसम्म पुग्न झनै कठिन भइरहेकाे छ,’ उनले भने ।

स्थानीयको त्रासदी हटाउनका लागि सिद्धार्थनगरका छाडा कुकुरहरूलाई व्यवस्थापन गर्न नगरपालिकाले पहल पनि गरिरहेको छ । सिद्धार्थनगर नगरपालिकाका कृषि सिद्धार्थनगर नगरपालिकाका कृषि तथा पशु विकास शाखा प्रमुख योगेन्द्रप्रसाद यादव छाडा कुकुरको सङ्ख्या नियन्त्रणका लागि बन्ध्याकरण भइरहेको बताउँछन् । यस्तै, छाडा कुकुरहरूलाई रेबिजको भ्याक्सिन  लगाउने काम पनि भइरहेको उनी बताउँछन् । यद्यपि, भ्याक्सिन लगाइदिएर कुकुरहरूलाई यथास्थानमा छोडिदिँदा स्थानीयहरू त्रासदीमै छन् ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बन्ध्याकरण गरिएको र एक वर्षका लागि रेबिज भ्याक्सिन लगाइएको सङ्केतका लागि  कुकुरको देब्रे कानमा यू आकारले चिरिएको उल्लेख गर्छन् । ‘सङ्ख्यामा वृद्धि नहुने गरी सबै कुकुर व्यवस्थापन गर्ने हाम्रो उद्देश्य हो, बेलाबेलामा शिविर सञ्चालन गरेर बन्ध्याकरण गरेमा सङ्ख्या वृद्धि हुँदैन । खोप पनि लगाइने भएकाले रेबिजको जोखिम पनि कम हुन्छ,’ उनले भने ।

सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ छाडा कुकुरहरूको सङ्ख्या कम गर्न र  रेबिजको प्रकोप न्यूनीकरणमा पटकपटक शिविर सञ्चालन भइरहेको बताउँछन् । ‘नेपाल-भारत खुला सीमा भएकाले भारतका साथै छिमेकी अन्य पालिकाबाट पनि कुकुरहरू आउने गरेको कारण समस्या न्यूनीकरण र व्यवस्थापनमा समस्या भइरहेको छ,’ उनी भन्छन् ।

नगरमा छाडा कुकुरको बन्ध्याकरण र रेबिज भ्याक्सिन कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तरता दिइएको उनको भनाइ छ । आफ्ना टोल छिमेकमा बन्ध्याकरण नगरिएका कुकुर भएमा नगरपालिकालाई खबर गरी बन्ध्याकरण अभियानलाई सफल बनाउन उनले आग्रह गरेका छन् । पशु कल्याण निर्देशिका २०७३ ले कुनै पनि कुकुर मार्न नपाइने व्यवस्था गरेकाले कुकुर नमार्न उनले स्थानीयलाई सचेत गराएका छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register