रविको निवेदनमा सुनुवाइ सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध दायर गरेको निवेदनमा सुनुवाइ सकिएको छ । सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा सुनुवाइ सकिएको हो । लामिछानेको निवेदन इजलासको पहिलो नम्बरमा परेको थियो । यही चैत २२ गते उच्च अदालत तुलसीपुरले लामिछानेलाई थुनामा पठाउन आदेश गरेको थियो । उक्त आदेशपछि चैत […]

Apr 13, 2025 - 10:17
 0
रविको निवेदनमा सुनुवाइ सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध दायर गरेको निवेदनमा सुनुवाइ सकिएको छ ।

सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा सुनुवाइ सकिएको हो । लामिछानेको निवेदन इजलासको पहिलो नम्बरमा परेको थियो ।

यही चैत २२ गते उच्च अदालत तुलसीपुरले लामिछानेलाई थुनामा पठाउन आदेश गरेको थियो । उक्त आदेशपछि चैत २२ गते नै प्रहरीको नियन्त्रणमा पुगेका लामिछाने हाल पुर्पक्षका लागि थुनामा छन् ।

२९ चैतमा लामिछानेले आफूलाई थुनामा पठाउने आदेश खारेजीको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गरेका थिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register