रेशमसँगै मधेस केन्द्रित पार्टीका नेतामाथि राज्यले अन्याय गरेको भन्दै महन्थले जनाए संसदमा विरोध

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको एकता विथोल्न सरकारले अन्यायपूर्ण व्यवहार गरेको भन्दै संसदमा विरोध जनाएका छन् । तराई मधेसका पार्टीमाथि सरकारले अन्याय गरिरहेको उनले बताए । ‘हालै थारू नेता रेशमलाल चौधरी र सिके राउतसँग जुन व्यवहार भएको छ त्यो अन्यायपूर्ण छ । फल्स चिठ्ठी देखाएर चौधरीलाई […]

May 5, 2025 - 07:16
 0
रेशमसँगै मधेस केन्द्रित पार्टीका नेतामाथि राज्यले अन्याय गरेको भन्दै महन्थले जनाए संसदमा विरोध

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको एकता विथोल्न सरकारले अन्यायपूर्ण व्यवहार गरेको भन्दै संसदमा विरोध जनाएका छन् ।

तराई मधेसका पार्टीमाथि सरकारले अन्याय गरिरहेको उनले बताए । ‘हालै थारू नेता रेशमलाल चौधरी र सिके राउतसँग जुन व्यवहार भएको छ त्यो अन्यायपूर्ण छ । फल्स चिठ्ठी देखाएर चौधरीलाई पाँच घण्टासम्म जेलमा राखेर पीडा दिए । यो अन्यायपूर्ण छ,’ ठाकुरले भने ।
तराई मधेस केन्द्रित पार्टीका कार्यकर्तालाई राज्यले निरन्तर अन्याय गरिरहेको उनले बताए । आन्दोलनका क्रममा जेल परेका नेता कार्यकर्तालाई रिहाको माग पनि उनले गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register