भृकुटीमण्डपमा मेक इन नेपाल र पस्मिना अन्तर्राष्ट्रिय एक्स्पो (तस्वीरहरू)

काठमाडौं । मेक इन नेपाल एक्सपो २०२५ र नेपाल पस्मिना अन्तर्राष्ट्रिय एक्स्पो आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल उद्योग परिसङ्घसँगको सहकार्यमा नेपाल पस्मिना उद्योग सङ्घको आयोजना र राइजिङ नेपाल प्रालिको व्यवस्थापनमा एक साथ दुई एक्स्पो सुरु भएको हो । यो एक्स्पो माघ १० गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ । मेक इन नेपाल एक्स्पोमार्फत नेपाली […]

Jan 23, 2025 - 07:28
 0
भृकुटीमण्डपमा मेक इन नेपाल र पस्मिना अन्तर्राष्ट्रिय एक्स्पो (तस्वीरहरू)

काठमाडौं । मेक इन नेपाल एक्सपो २०२५ र नेपाल पस्मिना अन्तर्राष्ट्रिय एक्स्पो आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ ।

नेपाल उद्योग परिसङ्घसँगको सहकार्यमा नेपाल पस्मिना उद्योग सङ्घको आयोजना र राइजिङ नेपाल प्रालिको व्यवस्थापनमा एक साथ दुई एक्स्पो सुरु भएको हो ।

यो एक्स्पो माघ १० गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ ।

मेक इन नेपाल एक्स्पोमार्फत नेपाली उत्पादनहरूको प्रवर्द्धन गर्दै उद्योग, व्यवसाय र स्थानीय उद्यमशीलतालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखिएको छ ।

एक्स्पोमा नेपाली पस्मिना हस्तकला, कृषि र घरेलु उत्पादनको विशेष स्टलहरू, अनलाइन र डिजिटल मार्केटिङ प्लेटफर्महरूको प्रवर्द्धन, नेटवर्किङ कार्यक्रमहरू, स्थानीय र अन्तर्राष्ट्रिय उद्योगहरूसँग सहकार्य, ब्रान्डिङ क्याम्पेन जस्ता कुराले नेपाली उत्पादनको प्रवर्द्धनका लागि विशेष टेवा पुऱ्याउने साथै नेपाली उत्पादनलाई प्रोत्साहन पुग्‍ने बताइएको छ।

एक्स्पोमा १५० भन्दा बढी स्वदेशी वस्तु तथा सेवाको स्टल रहेका छन् । जसमध्ये ४० भन्दा बढी नेपालमा उत्पादित उत्कृष्ट पस्मिनाका स्टल छन् ।

तस्वीरहरू-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register