विद्यालय शिक्षा विधेयकको प्रतिवेदन तयारका लागि उपसमितिको म्याद थप

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकका सम्बन्धमा प्रतिवेदन तयार गर्नका लागि उपसमितिलाई १० दिनको समय थप गरेको छ । समितिको सोमबार बसेको बैठकले सर्वसम्मत रूपमा उपसमितिलाई १० दिनको समय दिएको हो । उपसमितिका संयोजक छविलाल विश्वकर्माले उपसमितिले आगामी १० दिनभित्र प्रतिवेदन तयार गरेर मुल समितिमा पेस गर्ने बताएका छन् । […]

May 5, 2025 - 11:43
 0
विद्यालय शिक्षा विधेयकको प्रतिवेदन तयारका लागि उपसमितिको म्याद थप

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकका सम्बन्धमा प्रतिवेदन तयार गर्नका लागि उपसमितिलाई १० दिनको समय थप गरेको छ । समितिको सोमबार बसेको बैठकले सर्वसम्मत रूपमा उपसमितिलाई १० दिनको समय दिएको हो ।

उपसमितिका संयोजक छविलाल विश्वकर्माले उपसमितिले आगामी १० दिनभित्र प्रतिवेदन तयार गरेर मुल समितिमा पेस गर्ने बताएका छन् । ‘३५ दिनको समय हामीले माग गरेका थियौँ । हामीले २१ गते दफावार छलफल सक्यौँ । अब प्रतिवेदन तयारका लागि १० दिनको समय आवश्यक रहेको छ,’ उनले समितिमा भनेका थिए ।

समितिले उपसमित संयोजकको प्रस्ताव स्वीकृत गरिदिएको हो । उपसमितिले १४ परिच्छेदमा रहेको विद्यालय शिक्षा विधेयकको १६३ वटा दफा र संशोधनमा छलफल सम्पन्न गरेको छ । १५२ समुहमा १६१ सांसदले १७ सय ५८ बुँदामा विद्यालय शिक्षा विधेयकमाथि संशोधन राखेका थिए । उपसमितिले ती सबै विषयमा छलफल सकेको संयोजक विश्वकर्माले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register