उदयपुरमा जन्ती लिएर गएकाे बस दुर्घटना हुँदा एककाे मृत्यु, एक जना घाइते

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं ४ बर्षेडाडा बसाहास्थित मदन भण्डारी लोकमार्गमा सोमबार दिउसो ३.५० बजेको समयमा भएको सवारी दुर्घटनामा १ जनाको ज्यान गएको छ भने १ जना घाईते भएका छन । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार खोटाङबाट ईटहरीतर्फ जन्ती लिएर आएको को १ ख ४७२१ नं को बस सडक छेउमा रोकी […]

May 6, 2025 - 03:48
 0
उदयपुरमा जन्ती लिएर गएकाे बस दुर्घटना हुँदा एककाे मृत्यु, एक जना घाइते

उदयपुर ।

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं ४ बर्षेडाडा बसाहास्थित मदन भण्डारी लोकमार्गमा सोमबार दिउसो ३.५० बजेको समयमा भएको सवारी दुर्घटनामा १ जनाको ज्यान गएको छ भने १ जना घाईते भएका छन ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार खोटाङबाट ईटहरीतर्फ जन्ती लिएर आएको को १ ख ४७२१ नं को बस सडक छेउमा रोकी सो बसभित्र रहेका यात्रुहरु सडक पार गर्ने क्रममा सोही दिशाबाट आउँदै गरेको ना ३ त ८१० नं को ट्याक्टरले ठक्कर दिई दुर्घटना हुँदा १ जनाको ज्यान गएको र १ जना घाईते भएका हुन् ।

दुर्घटनामा परी जिल्ला खोटाङ हलेसी तुवाचुङ नगरपालिका वडा नं ४ बस्ने वर्ष ४० की गीता परियार गम्भिर घाइते भई उपचारको लागि नगर अस्पताल बेल्टार लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

सोही दुर्घटनामा परी घाईते भएका जिल्ला सुनसरी ईटहरी उप महानगरपालिका वडा नं २० बस्ने वर्ष २३ को युजन राईलाई नगर अस्पताल उदयपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि बि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register