साहित्यकार विजय कुमार चालिसे सम्मानित ।

बैशाख २३, काठमाडौं । अच्युतराम भण्डारी संगीत प्रतिष्ठानका आजीवन सदस्य विजय कुमार चालिसेलाई प्रतिष्ठानले सुस्वास्थ्यको कामना सहित हिजो सम्मान गरेको छ ।
प्रतिष्ठानका संरक्षक पं अच्युतराम भण्डारी, अध्यक्ष सिता भण्डारी र सदस्य यादव पौडेल सम्मिलित टोलीले चालिसेलाई उहाँकै निवास विजय निवास गोकणेश्वर नगरपालिका वडा नं ९ मा गएर प्रतिष्ठानको तर्फबाट सम्मान सहित सुस्वास्थ्यको कामना सहित सम्मान गरेको छ ।
उहाँ प्रतिष्ठानको स्थापना काल देखिनै आजीवन सदस्य हुनुहुन्छ ।
चालिसे गोरखापत्र संस्थानका पुर्व उपनिर्देशक , बरिष्ठ साहित्यकार , पत्रकार र रमेश विकल साहित्य प्रतिष्ठानका महासचिव हुनुहुन्छ ।
What's Your Reaction?






